'अपरेशन टाइगर' शुरू गर्नअघि शिन्देले महाराष्ट्रको अवस्था हेरून्ः आदित्य ठाकरे
'अपरेशन टाइगर' शुरू गर्नअघि शिन्देले महाराष्ट्रको अवस्था हेरून्ः आदित्य ठाकरे


मुम्बई, 15 नोभेम्बर (हि.स.)। महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देको नेतृत्वमा 'अपरेशन टाइगर 3.0'- लाई लिएर भइरहेको चर्चाबीच शिवसेना (यूबीटी)- का विधायक आदित्य ठाकरेले शिन्दे गुटमाथि प्रहार गरेका छन्। उनले भने, अपरेशन टाइगर शुरु गर्नुअघि महाराष्ट्रको अवस्था हेर्नुपर्छ। अब आफ्नो आफ्नो राजनीतिक अस्तित्व बचाउने प्रयास गरिरहेको छ।

उपमुख्यमन्त्री शिन्देको नेतृत्वमा रहेको शिवसेनाले एक पटक फेरि उद्धव ठाकरे गुटका विधायक एवं सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको चर्चा छ। शिन्दे गुटका नेता तथा मन्त्री उदय सामन्तले पनि घोषणा गरेका छन्, 'अपरेशन टाइगर' फेरि एक पटक हुनेछ। यद्यपि उनले यसको मिति र समय भने खुलासा गरेनन्।

उदय सामन्तको बयानमाथि प्रतिक्रिया दिँदै आदित्य ठाकरेले शिन्दे गुटलाई आक्रमण गरे। उनले आरोप लगाए, महाराष्ट्रलाई धोका दिनको पछाड़ि पैसा र सत्ताको लोभ हो। सम्बन्धित नेताहरूले अब आफ्नो राजनीतिक छवि बचाउनका लागि नयाँ उपाय खोजिरहेका छन्, किनभने भाजपाले उनीहरूको घाँटी निमोठिरहेको छ।

राज्यका विभिन्न समस्याहरूको उल्लेख गर्दै आदित्य ठाकरेले खड़ेरीले गर्दा कृषकहरूलाई भइरहेकोसमस्या, मराठवाडामा पानीको अभाव, बढ्दो प्रदूषण, राज्यबाट बाहिर जाने उद्योग तथा नासिकमा सड़कको खराब अवस्थाका कारण किसानहरूले सामना गर्न परिरहेका समस्याहरूमाथि प्रश्न उठाए। उनले संरक्षक मन्त्री सञ्जय शिरसाटको निवासमा भएको ढुङ्गा प्रहार तथा विद्यार्थी आन्दोलनको पनि उल्लेख गरे।

आदित्य ठाकरेले आरोप लगाए, बृहन्मुम्बई नगरनिगम (बीएमसी)- लाई निजीकरण गर्ने प्रयास भइरहेको तथा अस्पतालहरू निजी हातमा सुम्पने तयारी भइरहेको छ। उनले भने, एक दिन सबै कुरा अडानीको नाममा हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande