सिक्किमका पोर्भाश प्रसादको जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट जित
पोर्भाश प्रसाद


गान्तोक, 17 नोभेम्बर (हि.स.)। सिक्किमका युवा ब्याडमिन्टन खेलाडी पोर्भाश प्रसादले ४९औँ योनेक्स-सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै विजयी शुरुवात गरेका छन्।

प्रतियोगिताअन्तर्गत बोइज सिङ्गल अन्डर-१९ विधाको राउन्ड अफ् ६४ मा पोर्भाशले जम्मू-कश्मीरका खेलाडी कार्तिक गुप्तालाई सोझो सेटमा पराजित गरे। उनले १५-७ र १५-७ को समान अन्तरले जित दर्ता गर्दै आफ्नो उत्कृष्ट खेल कौशल र दृढ सङ्कल्प प्रदर्शन गरे।

राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा सिक्किमका युवा खेलाडीहरूले आफ्नो उपस्थिति प्रभावकारी रूपमा स्थापित गरिरहेका बेला पोर्भाशको यस जितले राज्यको खेलकुद क्षेत्रमा गौरव थपेको छ।

उल्लेखनीय छ, राजधानीको पाल्जोर स्टेडियम परिसरस्थित इन्डोर जिम्नाजियम हलमा ४९औँ योनेक्स-सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ चलिरहेको, जसको समापन आगामी 21 नोभेम्बरमा हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande