
गान्तोक, 17 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व विधायक केबी राईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत आफ्नो शोक सन्देश जारी गर्दै स्वर्गीय राईले सिक्किमका जनता तथा राज्यका लागि पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। उनले पूर्व विधायक राईको निधन परिवार, आफन्त, मित्रजन तथा उनको सम्पर्कमा आएका सबैका लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले शोकाकुल परिवारलाई यस कठिन घडीमा दुःख सहन सक्ने शक्ति र साहस प्राप्त होस् भनी प्रार्थना गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल