दुलियाजानको ट्रीपल हत्याकाण्ड : आरोपीहरूलाई लिएर घटनास्थल पुग्यो पुलिस
सांकेतिक


डिब्रुगढ (असम), १९ नोभेम्बर (हि.स.)। असमको दुलियाजानमा बिहिवार चर्चित ट्रीपल हत्याकाण्डको अपराधस्थल पुनर्निर्माण (क्राइम सिन रिक्रिएशन) गर्ने क्रममा स्थानीय बासिन्दा तथा मृतकका परिवारका सदस्यहरूको आक्रोश देखिएको छ। पुलिसले उक्त प्रक्रियाका लागि दुवै आरोपी राजु दास र अमीर दासलाई घटनास्थलमा पुर्याउँदा त्यहाँ ठूलो सङ्ख्यामा मानिसहरू भेला भए। उनीहरूले आरोपीहरू विरुद्ध कड़ा कारबाहीको माग गरे।

यस क्रममा आक्रोशित मानिसहरूले आरोपीहरूको इन्काउन्टर गर्नुपर्ने माग गर्दै यस्ता हत्याराहरूलाई जीवित रहने कुनै अधिकार नभएको बताए। केही मानिसहरूले पुलिसले आरोपीहरूको इन्काउन्टर गर्नुपर्ने वा उनीहरूलाई जनताको जिम्मा लगाउनुपर्ने माग समेत गरे।

उल्लेखनीय छ, दुलियाजानको सनसनीपूर्ण ट्रीपल हत्याकाण्डको अनुसन्धानका क्रममा पुलिसले बिहिवार घटनास्थलमा अपराधको पुनर्निर्माण गरिरहेको छ। यसका लागि पुलिसले प्रतीकात्मक पुतलाहरूको समेत व्यवस्था गरेको छ। दुवै आरोपीलाई घटनास्थलमा लगेर पुलिसले घटनाको सम्पूर्ण विवरण पुनः बुझ्ने तथा हत्यासँग सम्बन्धित महत्त्वपूर्ण प्रमाणहरू सङ्कलन गर्ने प्रयास गरिरहेको छ।

/ बिशाल


 rajesh pande