असमको शिवसागरमा 14 चक्के ट्रकको ठक्करले स्कुटी सवारको मृत्यु
Image Related to the Accident.


शिवसागर (असम), ०2 नोभेम्बर (हि.स.)। असमको शिवसागर जिल्लामा बीजी रोडमा भएको भयानक सड़क दुर्घटनामा एकजना स्कुटी सवारको मृत्यु भयो। मृतकको पहिचान शिवसागर स्टेशन चारियालीका बासिन्दा बिराज सिंहको रूपमा भएको छ।

आज दिइएको आधिकारिक जानकारीअनुसार द्रुत गतिको 14 चक्के ट्रकले स्कूटीलाई ञक्कर दियो। ठक्कर यति भयानक थियो कि ट्रकले चालक सहित स्कूटीलाई करिब 200 मीटरसम्म घिसार्दै लग्यो। दुर्घटनामा बिराज सिंह गम्भीर घाइते भए जसलाई गम्भीर अवस्थामा अस्पतालमा लगियो जहाँ उनको मृत्यु भयो।

सड़कको जीर्ण अवस्थालाई दुर्घटनाको कारण बताउँदै स्थानीय मानिसहरूले सम्बन्धित विभागको लापरवाहीमाथि प्रश्न उठाएका छन्। सड़कको मर्मत र उचित स्याहार गर्ने माग स्थानीयहरूले गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande