कङ्ग्रेस-इण्डी गठबन्धनको सम्पूर्ण आयोजन फ्लप शोः केशव प्रसाद मौर्य
उप मुख्यमंत्री केशव प्रसाद मौर्य


लखनऊ, ०2 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता तथा उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले दिल्लीको रामलीला मैदानमा भएको प्रदर्शनलाई फ्लप शोको संज्ञा दिएका छन्। उपमुख्यमन्त्रीले सोमवार आफ्नो सोशल मिडिया पोस्टमा लेखे, कङ्ग्रेस र इण्डी गठबन्धनले दिल्लीको रामलीला मैदानमा 10 लाख मानिसहरूलाई भेला गर्ने लक्ष्य राखेको थियो, तर 10 हजार मानिसहरू मात्र भेला भए। सम्पूर्ण कार्यक्रम फ्लप शो थियो। जनताले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई सत्ताच्युत पार्ने षड्यन्त्रलाई अस्वीकार गरेका छन्।

केशव प्रसाद मौर्यले भने, राहुल गान्धी नक्कली प्रधानमन्त्री र अखिलेश यादव नक्कली मुख्यमन्त्री बन्न सक्छन्, तर वास्तविक होइनन्, दुवैलाई वास्तविक पद प्राप्त गर्न 30 वर्ष लाग्नेछ। विकसित भारत तथा विकसित उत्तर प्रदेश नभएसम्म कङ्ग्रेस-सपा सत्तामा आउनेछैन, न त भाजपा सत्ताबाट जानेछ। भाजपा नै भारत तथा उत्तर प्रदेशको वर्तमान अनि भविष्य हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande