सफारीको ठक्करले तीन युवकको मृत्यु, किशोरको अवस्था गम्भीर
दुर्घटना पर रोते बिलखते परिजन


बाराबँकी, 02 नोभेम्बर (हि.स.)। अयोध्या-लखनऊ राजमार्गमा द्रुत गतिमा गइरहेको सफारीले दुई वटा बाइकलाई ठक्कर दियो। यस भीषण दुर्घटनामा तीन जना युवकहरूको मृत्यु भयो भने एकजना किशोर गम्भीर घाइते भए। दुर्घटनापछि क्षेत्रका जनतामा आक्रोश व्याप्त भएको छ। आक्रोशित मानिसहरूले राजमार्ग अवरुद्ध गरेर सफारी चालकलाई कुटपिट गरे। यस अवधि राजमार्गमा करिब एक घण्टासम्म यातायात अवरुद्ध भएको र दुवैपट्टि सवारी साधनको लामो ताँत देखियो।

पुलिसका अनुसार रामसनेही घाट क्षेत्रका धारौली गाउँका बासिन्दा अनुप (18), विमलेश (19), अनिल यादव (17) र गया प्रसाद (17)गए आइतवार भण्डारामा प्रसाद लिन दुई वटा बाइकमा सवार भएर निस्किएका थिए। साँझमा चारै जनाले बैसनपुरवा गाउँ नजिकै राजमार्ग पार गरिरहेका थिए। यसैबीच अयोध्याबाट लखनऊतर्फ गइरहेको द्रुत गतिको सफारीले दुवै बाइकलाई सशक्त ठक्कर दियो। ठक्कर यति भीषण थियो कि एउटा बाइकलाई त्यसले करिब 200 मीटरसम्म घिसारेर लगेको थियो। अनुप, विमलेश र अनिल यादवको घटनास्थलमै मृत्यु भयो भने गया प्रसाद गम्भीर घाइते भए।

दुर्घटनापछि स्थानीय जनता घटनास्थलमा भेला भए। तीनै जना युवकको मृत्युबाट आक्रोशित मानिसहरूले राजमार्ग अवरुद्ध गरी सफारी चालकलाई समातेर कुटपिट गर्न थाले। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि गाउँलेहरूको चङ्गुलबाट चालकलाई उद्धार गऱ्यो।

सूचना पाएर सीओ सौरभ श्रीवास्तव पनि घटनास्थलमा पुगे अनि गाउँलेहरूलाई बुझाएर स्थिति नियन्त्रणमा लिए। स्थानीय विधायक तथा राज्यमन्त्री सतीश चन्द्र शर्मा पनि घटनास्थलमा पुगे। त्यसपछि उनले सीएचसीमा पुगेर घाइते किशोरको स्वास्थ्यको बारेमा सोधपुछ गरे। उनले घाइतेहरूलाई आफ्नै गाडीमा सीएचसीमा पठाउने व्यवस्था पनि गरे। दुर्घटनामा परी तीन जना युवकको मृत्युले धारौली गाउँमा शोक फैलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande