पञ्जाबका आम आदमी पार्टीका तीन विधायक भाजपामा सामेल
आ आ पा के तीन विधायक भाजपा में शामिल


नयाँ दिल्ली, ०२ नोभेम्बर (हि.स.)। पञ्जाबको आम आदमी पार्टी (आआप) का तीन बागी विधायक कुंवर विजय प्रताप सिंह, चेतन सिंह जौरामाजरा र हरमीत सिंह पठानमाजरा सोमवार भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। तीनै नेताले भाजपाको केन्द्रिय मुख्यालयमा पार्टीको सदस्यता ग्रहण गरे। यस अवसरमा भाजपाका राष्ट्रिय महासचिव एवं पञ्जाबका प्रभारी सतीश पुनिया, पञ्जाब भाजपा अध्यक्ष केवल सिंह ढिल्लों र भाजपा नेता वीरेन्द्र सचदेवा उपस्थित थिए।

यसअघि आइतवार चेतन सिंह जौरामाजरा र हरमीत सिंह पठानमाजराले आआपबाट प्राथमिक सदस्यता समेत त्याग गरेका थिए। त्यस्तै, कुंवर विजय प्रताप सिंहले सोमवार विधानसभा सदस्यताबाट राजीनामा दिएका छन्।

कुंवर विजय प्रताप सिंह अमृतसर उत्तर विधानसभा क्षेत्रबाट निर्वाचित भएका थिए। उनी पूर्व आईपीएस अधिकारी हुन्। चेतन सिंह जौरामाजरा समाणाबाट विधायक हुन् र उनी पञ्जाब सरकारमा क्याबिनेट मन्त्री समेत रहिसकेका छन्।

त्यस्तै, हरमीत सिंह पठानमाजरा सनौर विधानसभा क्षेत्रको प्रतिनिधित्व गर्छन्।

पञ्जाबमा आगामी विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै तीन विधायक भाजपामा सामेल हुनुलाई आआपका लागि संगठनात्मक तथा राजनीतिक चुनौतीका रूपमा हेरिएको छ।

/ बिशाल


 rajesh pande