श्रमिक कल्याण र औद्योगिक विकास राष्ट्रिय प्रगतिको रथका दुई पाङ्ग्रा : माण्डविया
गांधीनगर में आयोजित दो दिवसीय चिंतन शिविर को संबोधित करते हुए डॉ. मनसुख मंडाविया


गांधीनगर में आयोजित दो दिवसीय चिंतन शिविर को संबोधित करते हुए डॉ. मनसुख मंडाविया


नयाँ दिल्ली, २१ नोभेम्बर (हि.स.)। केन्द्रिय श्रम तथा रोजगारमन्त्री डा. मनसुख माण्डवियाले श्रमिक कल्याण र औद्योगिक विकास राष्ट्रिय प्रगतिको रथका दुई पाङ्ग्रा रहेको बताएका छन्। उनले श्रमिकको कल्याण र उद्योगको प्रगति एकअर्काका परिपूरक रहेको उल्लेख गरे।

गुजरातको गान्धीनगरमा शनिबार आयोजित दुईदिने चिन्तन शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री माण्डवियाले कर्मचारीको कल्याण र औद्योगिक विकास देशको प्रगतिका दुई महत्त्वपूर्ण आधारस्तम्भ रहेको बताए। भारतको विकास र आर्थिक वृद्धिका लागि उद्योगलाई सुदृढ बनाउनुका साथै श्रमिकहरूको हित संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

उनले विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा श्रम संहिताहरूको कार्यान्वयनलाई महत्त्वपूर्ण उपलब्धि बताउँदै यसले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षाको विस्तार र निश्चित अवधिका लागि रोजगारीजस्ता व्यवस्था सुनिश्चित गर्ने बताए। साथै, यसले उद्योगहरूमा कानुनी अनुपालनको भार घटाउनुका साथै विकासलाई प्रोत्साहन गर्ने उनले उल्लेख गरे।

माण्डवियाका अनुसार, भारतमा सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकको सङ्ख्या २०१४ मा २५ करोड रहेकोमा २०२६ मा बढेर १०१ करोड पुगेको छ।

उद्घाटन सत्रको सहअध्यक्षता मन्त्री माण्डविया र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गरेका थिए। कार्यक्रममा केन्द्रिय श्रम तथा रोजगार एवं सूक्ष्म, लघु तथा मध्यम उद्यम राज्यमन्त्री शोभा करन्दलाजेसहित विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका श्रम, रोजगार तथा उद्योगमन्त्रीहरू र वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।


 rajesh pande