बालविवाह रोकथामको लागि सचेतना ऱ्याली
बाल विवाह रोकने हेतु जागरूकता रैली


पश्चिम मेदिनीपुर, 27 नोभेम्बर (हि.स.)। बालविवाह मुक्त भारत अभियानको दोस्रो वार्षगाँठको अवसरमा शुक्रवार पश्चिम मेदिनीपुर जिल्लामा प्रशासनद्वारा विशेष सचेतना कार्यक्रम आयोजना गरियो। यस अवधि सचेतना ऱ्याली पनि निकालियो जसमा सयौँ महिलाहरूले भाग लिएका थिए। ऱ्याली जिल्ला कलेक्टरको आरटीओ कार्यालय अगाडिबाट शुरु भएर जिल्ला परिषद परिसरमा पुगेपछि समाप्त भयो।

ऱ्यालीमा सहभागी महिलाहरूले हातमा ब्यानर र पोस्टर लिएर बालविवाहविरुद्ध आवाज उठाए अनि मानिसहरूलाई यो सामाजिक कुरितीप्रति सचेत गराए। त्यसपछि शहरको शहीद प्रद्योत स्मृति भवनमा बालविवाह रोकथाम सम्बन्धी विशेष कार्यक्रम आयोजना गरियो।

उल्लेख्य, पश्चिम मेदिनीपुर जिल्लामा 18 वर्ष मुनिका किशोरीहरू आमा भएका घटनाहरू अझै पनि प्रकाशमा आइरहेका छन्। जिल्लाका विभिन्न क्षेत्रबाट नाबालिक बालिकाहरूको विवाह भइरहेको खबर पनि प्राप्त भइरहेको छ। प्रशासनिक सूत्र अनुसार पहिलाको तुलनामा कम उमेरमा बच्चा जन्माउने मामिला घटेको छ।

बालविवाह नियन्त्रण गर्न जिल्ला प्रशासनले निरन्तर सचेतना अभियान चलाइरहेको छ। नाबालिक केटीहरूको विवाहलाई रोक्नका लागि केही योजनाहरू पनि बनाइएको छ। बाल, कम उमेर तथा जबरजस्ती विवाह उन्मूलन गर्ने अन्तर्राष्ट्रिय अभियानको दोस्रो वार्षिकोत्सव मनाउने कार्यक्रममा प्रशासनले अभियानलाई थप विस्तार गर्न जोड़ दिएको छ।

प्रशासनिक सूत्र अनुसार स्कूलहरूदेखि लिएर जिल्लाका विभिन्न क्षेत्रहरूसम्म बालविवाहको दुष्परिणामप्रति सामाजिक अभियानलाई तीव्रता दिइनेछ ताकि यस सामाजिक विसङ्गतिलाई जरैबाट उन्मूलन गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande