जलपाइगढी नगरपालिका कार्यालय सामु कङ्ग्रेसको विरोध प्रदर्शन
जलपाईगुड़ी नगरपालिका के सामने प्रदर्शन करते कांग्रेस नेता कार्यकर्ता


जलपाइगढी, 27 नोभेम्बर (हि.स.)। जलपाइगढी नगरपालिकामा प्रशासक नियुक्त भए पनि नागरिक सेवाको स्थितिमा सुधार नभएको आरोप लगाउँदै कङ्ग्रेसले विरोध प्रदर्शन गऱ्यो। शुक्रवार जलपाइगढी टाउन ब्लक कङ्ग्रेस कमिटीले नगरपालिका कार्यालय अगाडि उक्त विरोध प्रदर्शन गऱ्यो। त्यसपछि पार्टीका नेताहरूले 13 बूँदे मागको समर्थनमा कार्यकारी अधिकृत शङ्खदीप दासलाई ज्ञापनपत्र बुझाए।

विरोध प्रदर्शनलाई लिएर कङ्ग्रेस र भाजपामाझ राजनीतिक बयानबाजी पनि शुरु भएको छ। कङ्ग्रेस टाउन ब्लक अध्यक्ष तथा वार्डृड नम्बर- 24 का काउन्सिलर अमलान मुन्सीले तृणमूल कङ्ग्रेस नेतृत्वको नगरपालिका बोर्डको कार्यकालदेखि नै शहरमा नागरिक सेवाको अवस्था खराब रहेको आरोप लगाए। राज्यमा सत्ता परिवर्तन भएपछि पार्टीभित्रको विवादको कारणले नगरपालिकामा प्रशासक नियुक्त भए पनि सुधार भएन, समस्याहरू झन् बढेका छन्, उनले भने।

कङ्ग्रेस नेताहरूले आरोप लगाए, आम जनताले 'हाउस फर अल' योजनाका धनराशि पाइरहेका छैनन्। साथै सेवानिवृत्त नगरनिगम कर्मचारीहरूको पेन्शन पनि बाँकी छ। यसबाहेक श्मशानको भट्टी बिग्रिएको छ, जीर्ण सड़कको कारणले मानिसहरूले समस्या भोग्नुपरिरहेको छ।

कङ्ग्रेसले अमृत परियोजनाको काम लामो समयदेखिकै बन्द भएको र विगतमा नगरपालिकामा वित्तीय अनियमितता भएको आरोप लगाउँदै अनुसन्धान गर्ने माग समेत उठाएको छ।

यता कङ्ग्रेसको यस आन्दोलनमाथि भाजपाले प्रत्याक्रमण गरेको छ। भाजपाका जिल्ला उपाध्यक्ष बुबाई करले आरोप लगाए, आगामी नगरपालिका चुनाउलाई ध्यानमा राख्दै आफ्नो राजनीतिक प्रासङ्गिकता कायम राख्न कङ्ग्रेसले यस्तो प्रदर्शन गरिरहेको छ। कङ्ग्रेसको आरोप र नगरपालिकाको नागरिक सेवामा भाजपाको प्रतिक्रियापछि जलपाईगुडीको स्थानीय राजनीति गर्मिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande