
गान्तोक, २७ नोभेम्बर (हि.स.)। राष्ट्रिय पूर्वोत्तर परिषद् (एनईसी) का सचिव सतिन्दर कुमार भल्लाले आज बिहान टाशीलिङ सचिवालयस्थित कार्यालयमा सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङसँग शिष्टाचार भेट गरे।
भेटका क्रममा मुख्य सचिव तेलाङले परम्परागत खदा अर्पण गरी एनईसीका सचिव भल्लाको स्वागत गरे। साथै, उनलाई थाङ्का चित्र पनि उपहारस्वरूप प्रदान गरे।
यस अवसरमा दुवै अधिकारीबीच राष्ट्रिय पूर्वोत्तर परिषद्मा स्वीकृति तथा अनुदानका लागि प्रस्ताव पेस गर्ने विषयमा छलफल भयो। छलफलमा १० प्रतिशत कुल बजेटीय सहयोग (जीबीएस) योजनाअन्तर्गतका परियोजनाहरू पनि समावेश थिए।
बैठकमा वन तथा वातावरण विभागका अतिरिक्त मुख्य सचिव डा. प्रदीप कुमार पनि उपस्थित थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल