
बाँकुड़ा, 27 नोभेम्बर (हि.स.)। जिल्लाको सोनामुखी क्षेत्रमा पुलिसले मोटरसाइकलमा ओसारपसार गरिरहेको 20 लिीटरभन्दा अधिक अवैध रक्सीलाई जफत गरेको छ। पुलिसले यस मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरेको छ।
बाँकुड़ा जिल्ला पुलिसको सूत्र अनुसार शुक्रवार दिउँसो करिब 3ः55 बजे मोबाइल ड्यूटी अवधि एकजना व्यक्ति अवैध रक्सी बेच्न मोटरसाइकलमा सोनामुखी क्षेत्रमा आउँदै गरेको सूचना पुलिसलाई प्राप्त भयो। यसै अनुरूप पुलिसले बेसे डाउन मुख्य सड़कको छेउमा मोटरसाइकललाई रोकेर जाँच गऱ्यो। यस अवधिमा मोटरसाइकल चालकले बोकेका दुईवटा प्लास्टिकका झोलाबाट 20 लीटरभन्दा अधिक अवैध रक्सी बरामद गरियो। सोधपुछमा आरोपीले आफ्नो परिचय अभियुक्तले आफूलाई राधामोहनपुर गाउँका बासिन्दा रोहित साहाका रूपमा दिए। उनका पिताको नाम स्वर्गीय कार्तिक साहा हो।
पुलिस अनुसार अभियुक्तले रक्सी राख्न र ओसार-पसारसँग सम्बन्धित कुनै वैध कागजपत्र वा लाइसेन्स पेश गर्न सकेन। रिकभरी र सम्पूर्ण अपरेशनको विवरण ई-आधार एपमा अपलोड गरियो। त्यसपछि अवैध रक्सी राखेको र बिक्री गर्ने उद्देश्यले ओसारपसार गरेको आरोपमा घटनास्थलबाटै पक्राउ गरियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा