नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने टाटा पावरको तयारी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता
नेपाल के ऊर्जा मंत्री।से मुलाकात करते टाटा पावर के प्रतिनिधि


काठमाडौँ, २७ नोभेम्बर (हि.स.)। नेपालको ऊर्जा क्षेत्रको विकास तथा देशको भावी आर्थिक वृद्धिलाई गति दिन भारतको टाटा पावर र नेपालको चौधरी ग्रुप (सीजी) ले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी एवं सीईओ) प्रवीर सिन्हासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भेटघाटको जानकारी सार्वजनिक गरेका हुन्। उनले नेपालको ऊर्जा क्षेत्रको विकासका विषयमा मन्त्री श्रेष्ठको ज्ञान तथा सहयोगप्रति देखाएको सकारात्मक दृष्टिकोणको प्रशंसा गरेका छन्।

चौधरीले नेपालको ऊर्जा क्षेत्रको विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अगाडि बढाउन सीजी इनर्जी तथा टाटा पावर प्रतिबद्ध रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालको आगामी विकास र आर्थिक वृद्धिलाई ऊर्जा प्रदान गर्न टाटा पावर र सीजी इनर्जी प्रतिबद्ध छन्।”

दुवै समूहबीच प्रस्तावित सहकार्यले नेपालको ऊर्जा क्षेत्रमा लगानी, पूर्वाधार विकास तथा दीर्घकालीन रणनीतिक साझेदारीका सम्भावनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande