तृणमूल पञ्चायत सदस्यको घरमा आक्रमण, ३५ हजार रुपियाँ लुटेको आरोप
घर से गायब हुए सामानों को दिखाते घर की सदस्य


जलपाइगढ़ी, २७ नोभेम्बर (हि.स.)। जलपाइगढ़ी तृणमूल कांग्रेसका एक पञ्चायत सदस्यको घरमा बदमासहरूले आक्रमण गरी नगद रकम लुटेको घटना शुक्रवार सार्वजनिक भएको छ। घटना पहाड़पुर ग्राम पञ्चायतको बालापाड़ा क्षेत्रको हो। आरोप अनुसार, बिहिवार अबेर राति तृणमूल पञ्चायत सदस्य बाबलु बसाकको घरलाई निशाना बनाइएको थियो। शुक्रवार बिहान बाबलु बसाकका तर्फबाट पुलिस थानामा प्राथमिकी दर्ता गराइएको छ।

प्राप्त जानकारी अनुसार, बदमासहरूले घरको मुख्य गेट र ढोका तोड़ेर भित्र प्रवेश गरे। त्यसपछि घरभित्र राखिएका समानहरूमा व्यापक तोड़फोड़ गरे। त्यति मात्र होइन, घरबाहिर जड़ान गरिएका सीसीटीभी क्यामेराहरू पनि क्षतिग्रस्त बनाइएका छन्। परिवारको आरोप छ कि घरमा राखिएको लगभग ३० देखि ३५ हजार रुपियाँ नगद लुटिएको छ। घटनाका बेला बाबलु बसाक र उनका परिवारका सदस्यहरू घरमा उपस्थित थिएनन्। घर फर्किएपछि उनीहरूले घरका सबै समान छरपस्ट अवस्थामा रहेको र धेरै वस्तुहरू क्षतिग्रस्त भएको देखे। बाबलु बसाकको दाबी छ कि आक्रमणकारीहरूमध्ये धेरैलाई उनी चिन्छन्।

उनले केही दिनअघि पनि आफ्नो घरमा यसैगरी आक्रमण भएको बताए। तृणमूल कांग्रेसका पञ्चायत सदस्य भएकै कारण आफूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको उनको आरोप छ। घटनाको सूचना पाएपछि कोतवाली थानाको पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण मामिलाको अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande