असम इञ्जिनियरिङ्ग कलेजको छात्रावासको पानी ट्याङ्कीमा मृत बाँदर फेला, 50 भन्दा बढ़ी विद्यार्थीहरू बिरामी
Assam Engineering College Image.


गुवाहाटी, ०3 नोभेम्बर (हि.स.)। असम इञ्जिनियरिङ्ग कलेजको एउटा छात्रावासमा गम्भीर लापरवाही भएको घटना प्रकाशमा आएको छ। छात्रावासको पानीको ट्याङ्कीमा मृत बाँदर फेला परेपछि व्यापक खैलाबैला मच्चिएको छ। विद्यार्थीहरूले विगत एक हप्तादेखि यस ट्याङ्कीबाट पानी पिउँदै आइरहेको बताइएको छ।

जानकारी अनुसार कलेजको नम्बर एक छात्रावासको पानीको ट्याङ्कीमा बाँदरको शव फेला पऱ्यो। यस छात्रावासमा बस्ने चार दर्जनभन्दा बढ़ी विद्यार्थीहरू बिरामी परेका छन्। दूषित पानी पिउँदा विद्यार्थीहरूको स्वास्थ्य बिग्रिएको आशङ्का व्यक्त गरिएको छ।

घटना प्रकाशमा आएपछि छात्रावासको पानीको स्वच्छता एवं स्वास्थ्य सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ। बिरामी विद्यार्थीहरूको स्वास्थ्य अवस्था अनि कलेज प्रशासनले उठाएका कदमहरूबारे विस्तृत जानकारीको प्रतिक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande