
सिलगढ़ी, ०3 नोभेम्बर (हि.स.)। नोभेम्बर महिनाको शुरुवातसँगै उत्तर बङ्गालमा चिसोको अनुभूति बढ्न थालेको छ। मङ्गलवार बिहान सिलगढ़ी, जलपाईगुडी सहित उत्तर बङ्गालका विभिन्न जिल्लाहरूमा घना कुहिरो लाग्यो। बिहानै भए पनि कुहिरोको प्रभाव कम भएन। कम दृश्यताको कारणले वाहन चालकहरूलाई हेडलाइट बाले हिँड़्नुपऱ्यो।
उत्तर बङ्गालका विभिन्न शहरी एवं ग्रामीण क्षेत्रहरूमा बिहानदेखि नै घना कुहिरो देखियो। कतिपय ठाउँहरूमा दृश्यता यति कम थियो कि केही टाढ़ाका वस्तुहरूलाई समेत स्पष्ट देखिएको थिएन। यसले गर्दा बिहान सड़कमा आवागमन गर्ने मानिसहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपऱ्यो।
स्थानीय बासिन्दा अनुसार चालु मौसममा यस्तो घना कुहिरो पहिलोपटक देखिएको हो। यद्यपि कुहिरोले ट्राफिकलाई असर गरेको भए पनि चिसोको आगमनले मानिसहरूमा खुशी व्याप्त भएको देखिएको छ।
/ बिशाल