इमरान खानकी पत्नी बुशरा बीबीद्वारा आँखको जाँचका लागि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्ने अनुमति माग
पाकिस्तान के लाहौर उच्च न्यायालय के रजिस्ट्रार कार्यालय में 17 जुलाई 2023 को बैठीं  पीटीआई  संस्थापक इमरान खान की पत्नी बुशरा बीबी। फोटो -  इंटरनेट मीडिया


इस्लामाबाद (पाकिस्तान), ०८ नोभेम्बर (हि.स.)। रावलपिण्डीस्थित अदियाला जेलमा बन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले आँखाको अवस्था बिग्रँदै गएको भन्दै इस्लामाबाद उच्च अदालत (आईएचसी) मा याचिका दायर गरेकी छन्। उनले आफ्नै खर्चमा विशेषज्ञ चिकित्सकबाट तत्काल आँखाको जाँच गराउने अनुमति मागेकी छन्। उनी आफ्ना पति इमरानसँगै सोही जेलमा बन्द छिन्।

‘द न्यूज’ को रिपोर्टअनुसार, बुशरा बीबीले १९० मिलियन पाउन्डको ‘अल-कादिर ट्रस्ट’ मुद्दामा विचाराधीन पुनरावेदनसँग सम्बन्धित एक विविध निवेदनमार्फत आफ्नै खर्चमा आफूले रोजेका चिकित्सकबाट उपचार गराउने अनुमति पनि मागेकी छन्। उनले अदालतसँग अदियाला जेल प्रशासनलाई आफ्नो सम्पूर्ण स्वास्थ्य अभिलेख तथा रोग र उपचारको विस्तृत विवरण समेटिएको नयाँ स्वास्थ्य प्रतिवेदन पेस गर्न निर्देशन दिन अनुरोध गरेकी छन्।

१९० मिलियन पाउन्डको ‘अल-कादिर ट्रस्ट’ मुद्दामा जवाफदेही अदालतले बुशरा र इमरान दुवैलाई दोषी ठहर गर्दै सजाय सुनाइसकेको छ। दुवैले आफ्नो सजाय भोगिरहेका छन्। २०२५ जनवरीमा जवाफदेही अदालतका न्यायाधीश नासिर जावेद राणाले इमरानलाई १४ वर्ष र उनकी पत्नी बुशरालाई ७ वर्षको जेल सजाय सुनाएका थिए। पूर्व प्रधानमन्त्रीलाई १० लाख पाकिस्तानी रुपियाँ र बुशरा बीबीलाई ५ लाख पाकिस्तानी रुपियाँ जरिवाना पनि गरिएको थियो। निवेदनमा जेलका चिकित्सा अधिकारीका साथै नेत्र विशेषज्ञसँग तत्काल परामर्श गराउने र जेलबाहिरको कुनै विशेष चिकित्सा केन्द्रमा आवश्यक उपचारको व्यवस्था गर्ने मागसमेत गरिएको छ।

बुशरा र इमरानका वकिल बेरिस्टर सलमान सफदरले उच्च अदालतमा एउटा शपथपत्र पनि पेस गरेका छन्। त्यसमा २ नोभेम्बरमा अदियाला जेलमा बन्द दम्पतीसँग भएको आफ्नो पछिल्लो भेटको विवरण उल्लेख गरिएको छ। शपथपत्रअनुसार, भेटका क्रममा बुशराले निकै गाढा रङको चस्मा लगाएकी थिइन्। सफदर र इमरानको आग्रहमा उनले चस्मा हटाउँदा उनी निकै असहज देखिएकी थिइन्।

वकिलका अनुसार, बुशराले घाम र कृत्रिम प्रकाश दुवै सहन सक्दिनन्। सुरक्षात्मक चस्माबिना उनले आँखा खोल्नसमेत सक्दिनन्। शपथपत्रमा इमरान पनि उनकी पत्नीको आँखाको ज्योति बिग्रँदै गएकोमा चिन्तित रहेको उल्लेख गरिएको छ। याचिकामा बुशराले सफदरलाई आफूलाई जाँच गरेका चिकित्सकहरूले मोतिबिन्दु भएको जानकारी दिएको र नोभेम्बर १५ आसपास अर्को आँखाको शल्यक्रिया गर्न सल्लाह दिएको बताएकी छन्।

निवेदनमा बुशराले अदियाला जेलको सरसफाइको अवस्था र आफूले प्राप्त गरिरहेको उपचारप्रति असन्तुष्टि व्यक्त गरेको पनि उल्लेख छ। उनले आफ्नो जाँच तथा उपचार आफूले रोजेका चिकित्सकबाट गराउन माग गरेकी छन्। यसमा अगस्त महिनामा सर्वोच्च अदालतमा पेस गरिएको एउटा स्वास्थ्य प्रतिवेदनको पनि उल्लेख गरिएको छ। उक्त प्रतिवेदनमा उनका आँखासम्बन्धी पुराना समस्या र त्यसपछि गरिएको उपचारको विस्तृत विवरण दिइएको थियो। यसमा रावलपिण्डीस्थित अल-शिफा ट्रस्ट आँखा अस्पतालमा गरिएको शल्यक्रिया पनि समावेश छ।इस्लामाबाद उच्च अदालतसमक्ष अदियाला जेलका अधीक्षकलाई बुशराको आँखाको जाँच तथा उपचारसम्बन्धी विवरणसहित उनको सम्पूर्ण स्वास्थ्य अभिलेख र नयाँ विस्तृत स्वास्थ्य प्रतिवेदन पेस गर्न निर्देशन दिन अनुरोध गरिएको छ। आँखाको ज्योति तीव्र रूपमा बिग्रँदै गएको उल्लेख गर्दै बुशराले जेलका चिकित्सा अधिकारीको उपस्थितिमा आफ्नै खर्चमा विशेषज्ञ नेत्र चिकित्सकसँग तत्काल परामर्श गर्ने अनुमति पनि मागेकी छन्।


 rajesh pande