फिरोजाबादमा 92 लाखको अवैध रक्सीसंग तस्कर पक्राउ
फिरोजाबादमा 92 लाखको अवैध रक्सीसंग तस्कर पक्राउ


फिरोजाबाद, 11 फरवरी (हि.स.)। उत्तर प्रदेशमा फिरोजाबाद जिल्ला थाना टूण्डला पुलिस एवं एसओजी टीमले बुधवार संयुक्त कारबाही गर्दै अन्तरराज्यिय रक्सी तस्करलाई पक्राउ गरेको छ। उनीदेखि लाखौं रूपियाँ बराबरको रक्सी जफत गरिएको छ। जफत गरिएको रक्सी पञ्जाबबाट बिहार तस्करी भइरहेको थियो।

सीओ टुन्डला अरुण कुमार चौरसियाले बताए, थाना प्रभारी टुन्डला अनिल कुमार सिंहले पुलिस टोलीसँग उक्त क्षेत्रमा गस्ती गरिरहेका थिए। सूचनाको आधारमा राजस्थानका निवासी अभियुक्त मदनलाललाई टुन्डलाको नागला महादेव गाउँबाट पक्राउ गरिएको छ। उदेखि विभिन्न ब्रान्डका अवैध रक्सीका 753 केसहरू भएको ट्रक जफत गरिएको छ। जफत गरिएको रक्सीको अनुमानित मूल्य लगभग 92 लाख रुपियाँ छ।

सोधपुछको क्रममा आरोपी मदनलालले पुलिसलाई बतायो, उसले ट्रकको सही नम्बर (आरजे-09-जीसी-2359) लाई अपूर्ण नम्बरहरू (9-जीसी-235) भएको नम्बर प्लेटले बदलेर पञ्जाबको संगरुर जिल्लाबाट बिहारमा विदेशी रक्सी आपूर्ति गर्दै आएको थियो। बिहारमा रक्सी प्रतिबन्धका कारण उसले ठूलो नाफा कमाइरहेको थियो। आरोपी विरुद्ध थप कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande