
खरसाङ, 12 फरवरी (हि.स.)। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरद्वारा नेवारी परम्परा अनुसार तीन दिने पूजापाठ आरम्भ गरिएको छ। पहाडमा शान्ति, एकता र भाइचारा कायम रहुन एवं नेवार परिवारजनमा विभिन्न विध्नबाधा घर-परिवारमा दशाग्रह साथै इष्ट मित्रहरूको भलो होस् भनी उक्त पूजापाठ गरिएको बताइएको छ।
आगामी 14 फरवरी पूजापाठको अन्तिम दिन हवन अनुष्ठान सम्पन्न गरिने भएको छ। उक्त अवसरमा नेवार परिवारजनसँगै इष्टमित्रहरू सबैलाई उपस्थित भइदिन समितिले अनुरोध गरेको छ। उक्त दिन अभानेस केन्द्र समिति सदस्यवर्ग/राज्य समितिका सदस्यवर्गहरूको पनि उपस्थिति रहने बताइएको छ।
नेवार जातिको धरोहर श्री भिमेश्वर मन्दिर प्रागणमा नेवार संस्कार संस्कृति रीतिरिवाज परम्परालाई कायम गर्दै यसरी विभिन्न नेवारी कार्यक्रम गरिरहेको संगठनका सहसचिव गणेश प्रधानले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक