
गुवाहाटी, 05 मार्च (हि.स.)। असमको राजनीतिमा बिहीवार एक महत्वपूर्ण घटना घटेको छ। यहाँका तीनजना कंग्रेसी विधायकहरू क्रमैले शशिकान्त दास, बसन्त दास र कमलाक्ष दे पुरकायस्थ भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भए।
भाजपाका वरिष्ठ प्रवक्ता देबान ध्रुवज्योति मरलले बताए, रहाका विधायक शशिकान्त दास, मंगलदैका विधायक बसन्त दास र उत्तर करिमगञ्जका विधायक कमलाक्ष दे पुरकायस्थले कंग्रेस त्यागेर भाजपाको झण्डा समाते। यस घटनाक्रमलाई राज्यमा कंग्रेसको लागि ठूलो झट्का मानिँदैछ।
उनले भने, तीनैजना विधायकहरूले बिहीवार औपचारिक रूपमा भाजपाको सदस्यता ग्रहण गरे। उनीहरूको यस कदमबाट राज्यमा सत्तासिन भाजपाको राजनीतिक स्थिति अझ सशक्त हुने सम्भावना व्यक्त गरिँदैछ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, यस घटनाक्रमबाट राज्यको राजनीतिक समीकरणहरूमाथि पनि प्रभाव पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा