कंग्रेसमा नेताका पुत्रहरूको ‘प्याराशूट ल्याण्डिंग’ हुन्छ: पवित्र मार्घेरिटा
कंग्रेसमा नेताका पुत्रहरूको ‘प्याराशूट ल्याण्डिंग’ हुन्छ: पवित्र मार्घेरिटा


गुवाहाटी, 05 मार्च (हि.स.)। केन्द्रिय विदेश राज्यमन्त्री पवित्र मार्घेरिटाले आज कंग्रेसमाथि परिवारवादको राजनीतिलाई प्रोतसाहित गरेको आरोप लगाउँदै धारिलो प्रहार गरेकी छन्।

उनले भनिन्, कुनै पनि राजनेताको छोरा राजनीतिमा सामेल हुनसक्छ, तर कंग्रेसमा नेताहरूका छोराहरूको सोझै ‘प्याराशूट ल्याण्डिंग’ गराइन्छ। केन्द्रिय मन्त्रीले आज पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसित बातचित गरिरहेकी थिइन्।

मार्घेरिटाले कंग्रेसको परिवारवादी राजनीतिमाथि कटाक्ष गर्दै भनिन्, पार्टीमा विगत लामो समयदेखिकै केही विशेष परिवारहरूलई प्राथमिकता दिँदै आएको छ। उनले आरोप छ, कंग्रेसमा धरातीलय स्तरमा काम गर्ने कार्यकर्ताहरूको सट्टा परिवारका मानिसहरूलाई सोझै महत्वपूर्ण जिम्मेवारी दिइन्छ।

ज्ञात रहोस्, हलैमा असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- द्वारा घोषित उम्मेदवारहरूको सूचमा केही पूर्व वरिष्ठ कंग्रेस नेताहरूका छोराहरूलाई विधानसभा चुनाउ-2026 को निम्ति टिकट दिइएको छ जसलाई लिएर कंग्रेसमाथि राज्यमा परिवारवादको राजनीति गरेको आरोप लागिरहेको छ। यसै क्रममा केन्द्रिय मन्त्रीले पनि लक्षित गरेकी हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande