होलीपछि धेमाजीबीट पुनः शुरू हुनेछ जन आशीर्वाद यात्रा
होलीपछि धेमाजीबीट पुनः शुरू हुनेछ जन आशीर्वाद यात्रा


गुवाहाटी, 05 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले घोषणा गरेका छन्, होली पर्वको अवसरमा लिइएको छोटो विरामपछि ‘जन आशीर्वाद यात्रा’ आजदेखि नयाँ उत्साह औ ऊर्जाको साथमा पुनः आरम्भ गरिनेछ।

मुख्यमन्त्रीले बिहीवार सोशल मीडियाको माध्यमबाट जानकारी गराउँदै भने, यात्राको अघिल्लो चरण धेमाजी जिल्लाको धेमाजी, सिसिबर गाउँ औ जोनाई विधानसभा क्षेत्रमा केन्द्रित रहनेछ। उनले भने, यस अभियानको माध्यमबाट उनले फेरि एकपटक जनतासित सोझो सम्वाद गरेर जनसम्पर्क कार्यक्रमलाई नयाँ गति प्रदान गर्नेछन्।

डा. सरमाले राज्यका जनतासित पूर्वमा जस्तै सहयोग एवं समर्थन दिने अपील गर्दै भने, जनताको आशीर्वाद र सहभागिता नै ‘जन आशीर्वाद यात्रा’- को सफलताको सबैभन्दा ठूलो शक्ति हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande