
गिरिडीह, 05 मार्च (हि.स.)। गिरिडीह जिल्लाको जमुआ-देवरी क्षेत्रस्थित मध्य सीमामा गए बुधवार गोदावरी त्रिवेणी संगम तलाउमा डुबेर दुईजना किशोरहरूको मृत्यु भयो। दुवै किशोर देवरी थाना क्षेत्रको चतरो बजार निवासी थिए। खोरी महुआ एसडीपीओ राजेन्द्र प्रसादले यस घटनाको पुष्टि गरेका छन्।
प्राप्त जानकारी अनुसार चतरो (देवरी) गाउँ निवासी सञ्जय सावका पुत्र करण कुमार औ पुरनीगड़िया गाउँका कृष्णा विश्वकर्माका पुत्र दीपक कुमार चतरो बजारमा होली खेलेपछि आफ्ना साथीहरूसित स्नान गर्नको लागि त्रिवेणी संगममा गएका थिए। यहाँ स्नान गर्ने क्रममा दुवै गहिरो पानीमा डुबे। घटनाबारे सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगेर ती किशोरहरूलाई खोज्नका लागि पानीमा पसे। यसबीच खंडोलीबाट गोताखोरहरूको टीम पनि आइपुग्यो। लगभग अढ़ाई घण्टासम्म खोजतलास गरेपछि दुवैलाई पानीदेखि बाहिर निकालेर अस्पतालमा पुऱ्याइयो जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए। घटनापछि गाउँमा गहिरो शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा