ब्रह्मपुत्रमाथि निर्मित कुमार भास्कर वर्मा सेतुको प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
मोरानमा पीएस मोदी


- नर्थ ईस्टका लागि नेशनल डाटा सेन्टर, आईआईएम गुवाहाटी र पीएम-ई बस सेवाको सौगात

गुवाहाटी, 14 फरवरी (हि.स.)। असम भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मोरानमा राष्ट्रिय राजमार्गमा आपतकालीन ल्यान्डिङ सुविधा (ईएलएफ) को उद्घाटन गरेपछि गुवाहाटी पुगेर विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरेका छन्। गुवाहाटीको माछखोवामा आयोजित कार्यक्रममा उनले ब्रह्मपुत्र नदीमाथि गुवाहाटी-उत्तर गुवाहाटीलाई जोड्ने करिब ३,०३० करोड़ रुपियाँको लागतमा निर्माण गरिएको छ लेनको केबल पुल कुमार भास्कर वर्मा सेतु, नर्थ ईस्टका लागि नेशनल डाटा सेन्टर, आईआईएम गुवाहाटी तथा पीएम-ई बस सेवाअन्तर्गत २२५ वटा ई-बस सर्वसाधारणलाई समर्पण गरे। यी परियोजनाहरूले असममा कनेक्टिभिटी र विकासको नयाँ युगको शुरुवात गरेको बताइएको छ।

कुमार भास्कर वर्मा सेतु उद्घाटनपछि प्रधानमन्त्रीले पुलमा केही दूरी पैदल हिँडेर अवलोकन गरेका थिए। उक्त अवसरमा असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य तथा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा पनि उपस्थित थिए। पुल उद्घाटनका अवसरमा नदी किनारमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

उक्त पुल निर्माण भएपछि गुवाहाटीदेखि उत्तर गुवाहाटीसम्म पुग्न अब करिब सात मिनेट मात्र लाग्नेछ। यसअघि सो दूरी पार गर्न सवारीमार्फत एक घण्टाभन्दा बढी र नाउमार्फत करिब आधा घण्टा लाग्ने गर्थ्यो। पुल सञ्चालनमा आएपछि गुवाहाटीमा आवागमन धेरै सहज हुने अपेक्षा गरिएको छ।

पूर्वोत्तर भारतमा आफ्नो प्रकारको पहिलो ईएलएफ भारतीय वायुसेनाको सहयोगमा डिजाइन तथा निर्माण गरिएको हो। यसले आपतकालीन अवस्थामा सैनिक तथा नागरिक विमानको अवतरण र उडानमा सहयोग पुर्‍याउनेछ। प्राकृतिक विपत्ति वा रणनीतिक आवश्यकताका बेला उद्धार तथा राहत कार्य छिटो परिचालन गर्न यो महत्वपूर्ण संरचना सावित हुनेछ। दोहोरो प्रयोगका लागि तयार पारिएको यस पूर्वाधारले ४० टनसम्म तौलका लडाकु विमान र अधिकतम ७४ टन टेकअफ तौल भएका यातायात विमानसमेत सञ्चालन गर्न सक्ने क्षमता राख्छ।

यसैबीच, प्रधानमन्त्री मोदीको गुवाहाटीको खानापारामा भारतीय जनता पार्टी (भाजपा) द्वारा आयोजित बूथ कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande