केन्द्र सरकारले मंगलबार श्रीनगरमा 'टेली-ल' मा कार्यशाला आयोजना गर्ने
कानून मन्त्रालय


नयाँ दिल्ली, 16 फरवरी (हि.स.)। केन्द्र सरकारले दिशा योजनाअन्तर्गत टेली-ल (दूरस्थ कानुनी परामर्श सेवा) कार्यक्रमबारे क्षेत्रीय कार्यशाला १७ फरवरीमा श्रीनगरमा आयोजना गर्ने भएको छ। यसको उद्देश्य प्रविधिको माध्यमबाट सर्वसाधारणलाई सस्तो र सहज न्यायमा पहुँच उपलब्ध गराउनु हो।

केन्द्रिय कानून तथा न्याय मन्त्रालयका अनुसार कार्यशाला श्रीनगरस्थित शेर-ए-कश्मीर अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो आयोजना हुनेछ। यो कार्यक्रम दिशा योजनाअन्तर्गत सञ्चालन गरिएको टेली-ल पहलको एक भाग हो। यसको लक्ष्य कानुनी सचेतना बढाउनु र न्यायमा पहुँचलाई सहज बनाउनु रहेको छ।

कार्यक्रममा कानून तथा न्याय राज्यमन्त्री अर्जुनराम मेघवाल, जम्मु-कश्मीरका उपराज्यपाल मनोज सिन्हा तथा जम्मु-कश्मीर एवं लद्दाख उच्च न्यायालयका मुख्य न्यायाधीश अरुण पल्लीसहित करिब ८०० जनाको सहभागिता रहनेछ। विशेष सत्रमा जम्मु-कश्मीरमा योजनाअन्तर्गत गरिएका कार्यहरू प्रस्तुत गरिनेछ।

कार्यक्रमका क्रममा दिशा योजनासँग सम्बन्धित उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिनेछ। साथै दिशा योजनाको वार्षिक ई-क्यालेन्डर पनि सार्वजनिक गरिनेछ, जसमा विभागका वर्षभरिका गतिविधि तथा जनचेतना कार्यक्रमहरूको विवरण समावेश हुनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande