प्रधानमन्त्री नरेन्द्र मोदीले राजस्थानको भिवाड़ीमा भएको आगलागी घटनाप्रति दुःख व्यक्त गरे
pm modi


नयाँ दिल्ली, 16 फरवरी (हि.स.)।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राजस्थानको भिवाड़ीमा भएको आगलागी घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै राजस्थानको भिवाड़ीमा भएको आगलागी अत्यन्त दुःखद भएको उल्लेख गरेका छन्। आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उल्लेखनीय छ, राजस्थानको भिवाड़ीस्थित खुशखेड़ा-करौली औद्योगिक क्षेत्रमा रहेको प्लट नम्बर जी1/118बी मा सोमबार बिहान एक निजी औद्योगिक इकाईमा अचानक आगलागी भएको थियो। उक्त दुर्घटनामा हालसम्म सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande