
काठमाडौं, ०१ मार्च (हि.स.)। मध्यपूर्वमा बढ्दो तनाउको असर काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को सञ्चालनमा पनि परेको छ, जसका कारण सयौं यात्रुहरू अलपत्र परेका छन्।
खाडी क्षेत्रका शारजाह, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी र दमामस्थित विमानस्थलहरूमा सञ्चालन स्थगित भएपछि अन्तरराष्ट्रिय उडानहरू रद्द गरिएका छन्। यसको परिणामस्वरूप आइतबार काठमाडौंबाट प्रस्थान र आगमन गर्ने धेरै उडानहरू रद्द भएका छन्। शनिबारदेखि नै यात्रुहरू विमानस्थलमा रोकिएका छन् र आइतबार बिहान पनि धेरै यात्रुहरू अन्योलमा प्रतीक्षारत देखिएका छन्। टर्मिनल परिसरका विभिन्न स्थानहरूमा उडान रद्द भएको सूचना टाँसिएका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जारी गरेको सूचनाअनुसार अर्को आदेश नआएसम्म कतर एयर, फ्लाई दुबई, एमिरेट्स एयर, कुवेत एयर, एयर अरेबिया लगायत नेपालबाट खाडी मुलुक जाने हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सका उडानहरू पनि रद्द गरिएकका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी