इरानमा खामेनेईको निधनमा ४० दिनको राजकीय शोक, सात दिनको सार्वजनिक बिदा घोषणा
Iram pm


- आईआरजीसीले इरान इस्लामिक गणतन्त्रको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरु गर्ने चेताउनी

तेहरान, ०१ मार्च (हि.स.)। इरानमाथि अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा इस्लामिक क्रान्तिका नेता आयातुल्लाह सैय्यद अली खामेनेईको मृत्यु भएपछि ४० दिनको राजकीय शोक र सात दिनको सरकारी सार्वजनिक बिदा घोषणा गरिएको छ। इरानको सरकारी प्रसारक आईआरआईबीले आइतबार बिहान उक्त आक्रमणमा खामेनेई शहीद भएको जनाएको हो।

इरान इन्टरनेशनलको रिपोर्टअनुसार, इरानी मन्त्रिपरिषद्ले सात दिनको सार्वजनिक बिदा र ४० दिनको राजकीय शोक घोषणा गरेको छ। साथै तीन सदस्यीय नेतृत्व परिषद (मार्गदर्शक मण्डल) गठन गरिएको छ। इरनाका अनुसार, उक्त परिषदले केही समयसम्म सर्वोच्च नेताको भूमिका निर्वाह गर्नेछ।

इरानको संविधानअनुसार नयाँ सर्वोच्च नेता चयन नभएसम्म यस्तो परिषदले नेतृत्वको अधिकार सम्हाल्न सक्छ। यसबीच इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इरान इस्लामिक गणतन्त्रको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरु गर्ने लागेको जनाएको छ। यसको पुष्टि इरानको अर्ध-सरकारी फार्स समाचार एजेन्सीले गरेको छ। एजेन्सीका अनुसार, उक्त आक्रमण केही क्षणमै शुरु हुने बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande