खरसाङ विधानसभा समष्टिका फरेष्ट विलेजर्ससँग भागोप्रमोको सभा सम्पन्न
खरसाङ विधानसभा समष्टिका फरेष्ट विलेजर्ससँग भागोप्रमोको सभा सम्पन्न


खरसाङ, 10 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ महकुमा समितिकाे पहलमा आज खरसाङ विधानसभा समष्टि क्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण वन बस्तीका सदयहरुलाई लिएर खरसाङ महकुमा कार्यालयमा सभा सम्पन्न भयो। भागोप्रमो केन्द्रिय समितिका मूल सचिव तथा आगामी चुनाउका सम्भावित प्रार्थी अमर लामाकाे अध्यक्षतामा सम्पन्न भएको सभामा वन बस्तीका विभिन्न समस्याहरुको समाधानलाई लिएर भइरहेका पहल र कार्यहरुकोे विस्तृत जानकारी गरायो।

सभामा टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले उनको समष्टिमा पनि वन बस्ती पर्छ भन्दै वन बस्तीका समस्याहरुको सामाधान असम्भव छैन, तर हामीले सांसद र विधायकले वर्तमानसम्म पनि सठीक रूपमामा केही कार्य नगरिदिएको कारण नै वन बस्तीमा बसोबास गर्ने मानिसहरूले दुःख पाइरहेको बताए। सभासद मणिप्रसाद राईले आफ्नाे वक्तव्यमा भने, हामी कागज पत्र सठीक रूपमा समाहलेर राख्ने जाति हाे र वर्तमान वन बस्तीमा देखिरहेको समस्यालाई ध्यानमा राखी भावी पिढीकाे निम्ती कागज पत्र होसियारीपूर्वक राख्न आवश्यक रहेको छ। उनले फरेष्ट भिलेजर्सको समस्या समाधानकोे निम्ति अनित थापाको दिशा निर्देशमा पहल भइरहेको जानकारी गराए।

सभामा मिरिक, आरआर ब्लक, खरसाङ ब्लकबाट उपस्थित भएका प्रतिनिधिहरुले पनि आ आफ्नो सुझाउसंगै सभालाई सम्बोधन गरेका थिए। यस क्रममा आरआर ब्लकका कर्माध्यक्ष प्रवेश लामाले जीटीएद्वारा फरेष्ट भिलेजर्सकाे समस्या सामाधान निम्ति मनोनित बबिन लेप्चाले पहल गरिरहेको जानकारीसंगै ब्लकभित्रका समस्याहरुको विवरण सुनाए। उनले यस विषयमा कार्य गरेको लगभग 30 वर्ष भइसकेको जानकारी दिँदै वर्तमानमा जीटीएका मुख्य कार्यपालकोे नेतृत्वमा धेरै वनवासीहरुले अनुसूचित जातिकोे टाइटल पाएको जानकारी गराउँदै आभार व्यक्त गरे।

सभाध्यक्ष केन्द्रिय समितिको मूल सचिव अमर लामाले फरेष्ट भिलेजर्सको विभिन्न समस्याहरु र यसको समाधान विषयमा वक्तव्य राखेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande