किसानले भेटे भालुका तीन बच्चा, सुरक्षित उद्धारमा जु्ट्यो वन विभाग
किसानले भेटे भालुका तीन बच्चा, सुरक्षित उद्धारमा जु्ट्यो वन विभाग


कार्बी आंगलोंग (असम), 12 मार्च (हि.स.)। वन्यजीव बचाउ प्रयास अन्तर्गत असमको पश्चिम कार्बी आंगलोंग जिल्लाको लामरान क्षेत्रबाट भालुका तीन वटा बच्चाहरूलाई जंगलमा घुमिरहेको देखिएपछि बचाइयो।

वन अधिकारीहरूले बिहीवार बताएका छन्, स्थानीय एकजना कृषकले आफ्नो खेतमा गइरहेको बेला तीन वटा टुहुरा भालुका बच्चाहरूलाई देखे। त्यसपछि ती किसानले कमजोर भालुका बच्चाहरूलाई सुरक्षित रूपमा बचाएर वन अधिकारीहरूलाई सुम्पिदिेए।

अहिलेघरि भालुका ती बच्चाहरू केरौनी वन विभाग जसलाई दक्षिणी वन क्षेत्रको रूपमा पनि चिनिन्छ,-को हेरचाहमा छन् जहाँ अधिकारीहरूले ती बच्चाहरूको चिकित्सा तथा उचित भोजन प्रदान गरिरहेका छन्।

एकजना वन विभागीय अधिकारी अनुसार टीमहरूले क्षेत्रको निगरानी गरिरहेका छन् ताकि आमा भालुको गतिविधिलाई ट्रेस गर्न सकियोस् जो सायद नानीहरूबाट छुट्टिएको होला। अधिकारीहरूको योजना छ, स्थितिको मूल्यांकन तथा परिस्थितिहरूलाई सुरक्षित मानिएपछि बच्चाहरूलाई पुनः जंगलमा छोड़िनेछ।

वन अधिकारीहरूले भने, यस बचाउले असमका वन्यजीवहरूले समृद्ध क्षेत्रहरूका स्थानीय समुदायमा बढ़्दो जागरूकता तथा जनावरहरूको रक्षा अनि मानव-वन्यजीव संघर्षलाई रोक्नमा सहयोगको महत्वलाई उजागार गरेको छ। स्थानीयहरूसित यो पनि अनुरोध गरिएको छ, यदि उनीहरूले कुनै संकटग्रस्त वा टुहुरो वन्यजीव भेटेको खण्डमा समयमै संरक्षण कार्य सुनिश्चित गर्नको लागि तत्कालै वन अधिकारीहरूसाई सूचित गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande