
श्रीनगर, 12 मार्च (हि.स.)। नेशनल कन्फ्रेन्सका सांसद आगा रुहुल्लाह मेहदी औ पीपुल्स कन्फ्रेन्सका प्रमुख सज्जाद लोनले बिहिवार जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि भएको हमलाको कड़ा निन्दा गरे।
गए बुधवार राति जम्मूको बाहिरी क्षेत्र ग्रेटर कैलाशमा आयोजित एक विवाह समारोहबाट फर्किने क्रममा 88 वर्षीय अब्दुल्ला भाग्यले बचे जतिबेला एकजना बन्दुकधारीले उनीमाथि पछाड़ीबाट गोली दाग्यो। आरोपीको पहिचान जम्मूको पुराना मण्डी निवासी 63 वर्षीय कमल सिंह जमवालको रूपमा भएको छ जसलाई पक्राउ गरिएको छ। आरोपीले पुलिसलाई बतायो, उसले पछिल्लो 20 वर्षदेखिकै अब्दुल्लालाई लक्षित गर्ने अवसरको प्रतिक्षा गरिरहेको थियो।
सांसद रुहुल्लाह मेहदीले जम्मूमा भएको यस निन्दनीय घटनाको घोर विरोध गरेका छन् जसमा एक विवाह समारोह अवधि डा. फारूक अब्दुल्ला र उपमुख्यमन्त्री सुरिन्दर चौधरीमाथि गोली दागियो। मेहदीले आफ्नो फेसबुक ह्याण्डलमा सो बयान पोस्ट गरे। श्रीनगरबाट लोकसभा सांसद मेहदी जसको सरकारसित केही मुद्दाहरूमा मतभेद रहेको छ,-ले भने, यस्तो हिंसात्मक घटना अत्यनत चिन्ताजनक छ। उनले बल दिँदै भने, दोषीहरू विरूद्ध कानून अनुसार कड़ा कारबाही हुनुपर्छ।
यसरी नै हन्दवाडा विधानसभा क्षेत्रबाट विधायक लोनले पनि उक्त गोलीकाण्डको निन्दा गरे। लोनले आफ्नो फेसबुक ह्यण्डलमा पोस्ट गरे, डा. फारुक अब्दुल्ला, सुरिन्दर चौधरी तथा नासिर असलममाथि भएको यस कायरतापूर्ण गोलीकाण्डको निन्दा गर्दछु। अल्लाहलाई धन्यवाद कि उनीहरू सुरक्षित छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा