छह महिने अबोधको ढुंगा प्रहार गरी हत्या, आरोप आमामाथि
छह महिने अबोधको ढुंगा प्रहार गरी हत्या, आरोप आमामाथि


प्रय़ागराज, 12 मार्च (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको सराय ममरेज थाना अन्तर्गत एक गाउँमा छह महिनाको बालकको हत्याको घटना प्रकाशमा आएको छ। बालककी आमाले टाउकोमा ढुङ्गाले प्रहार गरेर हत्या गरेको आरोप छ।

सराय ममरेज थाना पुलिस अनुसार, पुरू जयशिवा खण्डाली गाउँ निवासी सन्तोष यादवको बुधवार राति शंकास्पद अवस्थामा मृत्यु भयो। कुनै विषयमा उनकी आमाले ढुङ्गाले प्रहार गरेको आरोप छ, जसको परिणामस्वरूप बालकको मृत्यु भएको छ।

घटनाको जानकारी पाएपछि मृतकको पिताले आफ्नी पत्नीमाथि हत्याको आरोप लगाए। पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ।

डीसीपी कुलदीप सिंह गुणवतले भने, पहिलो नजरमा बालककी आमा मानसिक रूपमा अस्थिर देखिन्छिन्। पुलिसले मुद्दा दर्ता गरेको छ र घटनाको सबै पक्षहरूको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande