भाजपा नेताले महिलाहरूमाथि टिप्पणी गरेको भीडियो भाइरल भएपछि नन्दीग्राममा राजनीतिक विवाद बढ़्यो
भाजपा नेताले महिलाहरूमाथि टिप्पणी गरेको भीडियो भाइरल भएपछि नन्दीग्राममा राजनीतिक विवाद बढ़्यो


मेदिनीपुर, 12 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का नेता प्रलय पालको कथित आपत्तिजनक टिप्पणीलाई लिएर पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राममा राजनीतिक हावा तातिएको छ। आरोप छ, एउटा भाइरल भीडियोमा प्रलय पालले महिलाहरूप्रति अमर्यादित तथा अपमानजनक भाषा प्रयोग गरेका छन्। तथापि यस भाइरल भीडियोको सत्यताको स्वतन्त्र रूपमा पुष्टि नभए पनि भीडियो बाहिरिएपछि क्षेत्रमा व्यापक तनाउ फैलिएको छ।

यस घटनाको विरोधमा महिला तृणमूल कंग्रेसले मोर्चा खोलेको छ। प्रलय पाललाई अविलम्ब पक्राउ गर्ने मागमा गए बुधवार राती 9 बजे ठूलो संख्यामा महिला कार्यकर्ताहरूले नन्दीग्राम थानालाई घेराउ गरेर व्यापक विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरू भाजपा नेताको विरोधमा नाराबाजी गर्दै उसलाई पक्राउ गर्ने मागमा अडिग बसे। तत्पश्चात, महिला तृणमूल कंग्रेसको एक प्रतिनिधिमण्डलले नन्दीग्राम थानामा लिखित सिकायत दर्ता गरायो साथै पुलिसलाई ज्ञापन सुम्पिएर आरोपी नेतालाई पक्राउ गरी कड़ा कानूनी कारबाही गर्ने माग गऱ्यो।

सत्तारूढ़ तृणमूलको पक्षबाट राज्यकी वित्त मन्त्री चन्द्रिमा भट्टचार्यले उक्त बयानको कड़ा शब्दमा निन्दा गरेकी छन्। उनले भनिन्, यो घटनाले दर्शाउँछ कि भजपाका नेताहरू महिलाहरूप्रति कति संकीर्ण मानसिकता राख्दछन्।

पूर्व मेदिनीपुर जिल्ला तृणमूल अध्यक्ष सुजित रायले पनि प्रलय पालको आलोचना गर्दै भने, 'बेटी बचाओ, बेटी पढ़ाओ'- को नारा दिने पार्टीका नेताहरूको मुखबाट यस्तो कुरा सुन्नु अत्यन्त दुर्भाग्यपूर्ण हो। तृणमूल कंग्रेसको आरोप छ, भाजपा नेताले सुनियोजित ढंगमा नारी शक्तिको अपमान गरेका हुन्।

यता भाजपाका तमलुक जिल्ला सह-अध्यक्ष आनन्दमय अधिकारीले भने, यो टिप्पणी कुन सन्दर्भमा गरिएको हो भन्ने कुरा उनलाई अहिलेसम्म थाहा हुन सकेको छैन। उनले भने, मामिलाको जाँच गरिँदैछ। भीडियो वास्तविक हो वा यसलाई एडिट गरिएको हो, त्यसको जाँच गरिँदैछ।

यसबीच प्रलय पालसित सम्पर्क गर्ने प्रयास गरियो, तर उनको पक्ष अहिलेसम्म राखिएको छैन। पुलिसले सिकायत दर्ता गरी मामिलाको अनुसन्धान गरिरहेको छ साथै क्षेत्रमा शान्ति व्यवस्था कायम राख्नको लागि सतर्कता अप्नाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande