दिल्लीको मटियाला गाउँमा आगलागी, चार सय वटा झोपड़ी जलेर स्वाहा
दिल्लीको मटियाला गाउँमा आगलागी, चार सय वटा झोपड़ी जलेर स्वाहा


नयाँ दिल्ली, 12 मार्च (हि.स.)। दिल्लीको मटियाला गाउँस्थित मछली मार्केट क्षेत्रमा गए बुधवार अबेर राती आगो लाग्यो। हेर्दा-हेर्दै आगोले वरपरका न्यूनतम पनि चार सय वटा झोपड़ीहरूलाई आफ्नो चपेटमा लियो। सूचना पाएर घटनास्थलमा पुगेको दमकल विभागका नौ वटा वाहनहरूले कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गरे।

अग्निशमन विभागका अधिकारीले बिहीवार बताए, गए बुधवार अबेर राती लगभग 11:54 बजे आगलागी भएको सूचना प्राप्त भयो। त्यसपछि दमकलका वाहनहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। आगोको विकराल रूपलाई मध्यनजर गर्दै पछि थप वाहनहरूलाई पनि पठाइयो जसमा नौ वटा दमकल वाहन, आठ वटा वाटर बाउजर, दुई वटा बीएफटी, दुई वटा मोटर पम्प, एउटा हाई टेण्डर सामेल छन्। यसको साथै धेरैजना अधिकारीहरू घटनास्थलमा पुगे।

स्थानीय पुलिसले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। शुरूआती जाँचपछि आशंका व्यक्त गरिएको छ, झोपड़ीहरूको छेउमा थुप्रिएको मैला-कुचैलामा कसैले जल्दै गरेको सिगरेट वा बिड़ी फालेको थियो जसबाट आगो लागेर झोपड़ीसम्म आगो पुग्यो।

अग्निशमन विभागका अधिकारीहरू अनुसार राती लगभग 12:30 बजे आगलाई मीडियम श्रेणीको घोषित गरियो। घटनास्थलमा डीसीएफओ एके मलिक, डीओ सन्दीप दुग्गल समेत केही अधिकारीहरू उपस्थित रहेर राहत अनि बचाउ कार्यको नेतृत्व गरे। लगभग भोर बिहान 2:20 बजे आगोलाई चारैतिरबाट घेरेर 2:30 बजेसम्ममा नियन्त्रण गरियो। त्यसपछि दमकल कर्मीहरूले कुलिंग अपरेशन शुरू गरे जुन बिहानसम्म जारी छ। प्रारम्भिक जानकारी अनुसार आगलागीमा लगभग 4 सय वटा झोपड़ीहरू, केही दुई चक्के वाहनहरू जलेर नष्ट भएको छ। तथापि अहिलेसम्ममा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिस र दमकल विभाग जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande