कुचबिहारमा नर्सको जलेर मृत्यु, पति गम्भीर रूपमा जले
कुचबिहारमा नर्सको जलेर मृत्यु, पति गम्भीर रूपमा जले


कुचबिहार, 12 मार्च (हि.स.)। पश्चिम बंगालको कुचबिहार जिल्लामा पारिवारिक विवादबीच एकजना सरकारी अस्पतालकी नर्सको जलेर मृत्यु भयो। घटना गए बुधवार राती भएको हो। स्थानीय मानिसहरूको आरोप छ, महिलाका पतिले महिलामाथि पेट्रोल लगाएर आगो लगाइदियो। पुलिस सम्पूर्ण ममिलाको जाँचमा जुटेको छ।

पुलिस औ स्थानीय सूत्र अनुसार मृत महिलाको पहिचान 35 वर्षीय छन्दा रायको रूपमा भएको छ। कुचबिहारको एमजेएम मेडिकल कलेज एवं अस्पतालमा नर्सको पदमा कार्यरत छंदा कुचबिहार शहरको बक्सीबाड़ी क्षेत्रमा भाड़ाको घरमा बस्दै आएकी थिइन्। उनका पति रञ्जीत राय सिलगढ़ीमा वाहन चालकको रूपमा काम गर्दछन् र बीच-बीचमा पत्नीसित भेट गर्न आउँथे। दम्पत्तिकी एकजना छोरी छे जो कालेबुङको एक स्कूलमा अध्ययनरत् छे।

भनिन्छ, हिजोआज पति-पत्नीबीच केही मुद्दाहरूलाई लिएर विवाद भइरहेको थियो जुन मामिला एकपटक थानामा समेत पुगेको थियो। तथापि छन्दाले पतिविरूद्ध कुनै औपचारिक सिकायत दर्ता गराएकी थिइनन्।

स्थानीय मानिसहरू अनुसार गए बुधवार साँझ छन्दा अस्पतलबाट घर आएकी थिइन्। केही समयपछि पति पनि घरमा आइपुग्यो। राती दुईबीच ठूलो बहस भयो, चित्कार-पुकार सुनियो। त्यसपछि घरभित्र आगो लागेको देखियो।

एकजना महिला प्रत्यक्षदर्शीले बताइन्, उनले एकजना व्यक्तिलाई घरबाट भाग्दै गरेको देखिन् जसको शरीरमा पनि आगो लागेको थियो र कपड़ा खोलेर त्यहाँबाट भाग्यो।

यता घर अगाड़ि गेट नजिक छन्दालाई गम्भीर रूपमा जलेको अवस्थमा भेटियो। उनलाई बचाउन सकिएन। घाइते रञ्जीत पनि टाड़ासम्म भाग्न सकेन, तिनलाई पनि गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।

सूचना पाउनसाथ दमकल र पुलिसको टीम घटनास्थलमा पुग्यो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर मामिलाको जाँच शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, घटनाको पछाड़िको पारिवारिक विवाद अतिरिक्त अन्य सम्भावित कारणहरूको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande