राजधानीमा तेस्रो सिक्किम पुस्तक मेला 2026 शुरू
राजधानीमा तेस्रो सिक्किम पुस्तक मेला 2026 शुरू


गान्तोक, 13 मार्च (हि.स.)। राजधानीको एमजी र्मामा शुक्रवारदेखि सिक्किम पुस्तक मेलाको तेस्रो संस्करण शुरू भएको छ। आगामी 15 मार्चसम्म चल्ने यस पुस्तक मेलाको उद्घाटन आज विधायक आदित्य गोलेको मुख्य आतिथ्यमा सम्पन्न गरियो।

सिक्किम पुस्तक मेला एक वार्षिक कार्यक्रम हो, जसको उद्देश्य युवामाहरूमा पढ्ने संस्कृति विकास गर्नुका साथै लेखक, प्रकाश र पुस्तक प्रेमीहरूलाई एउटा मञ्चमा ल्याउनु रहेको छ। यस कार्यक्रमको आयोजना 24 आवर्स इन्स्पायर्डले गान्तोक जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा गरिरहेको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक गोलेले राज्यका युवाहरूमा पढ्ने बानी, बौद्धिक जिज्ञासा र पुस्तकहरूसँग गहिरो संलग्नतालाई बढावा दिन यसको भूमिकामा जोड दिॅंदै कार्यक्रमलाई विद्यार्थी र युवा पाठकहरूका लागि समर्पित अर्थपूर्ण पहल बताए। उनले युवाहरूमा प्रविधिको प्रयोग र फुर्सदको समय बीच स्वस्थ सन्तुलन कायम राख्नुको महत्त्वलाई पनि प्रकाश पारे।

उनले गान्तोकका जिल्लापालका प्रयासको प्रशंसा गर्दै भविष्यमा पनि सबै प्रयासहरूमा यस्तै जोशका साथ काम जारी राख्नेछन् भनी आशा व्यक्त गरे। उनले सिक्किम प्रिमियर लिग र खाङचेनजोङ्गा फाइट नाइट जस्ता पहलहरूलाई सफल बनाएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिए, जसले स्थानीय युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने बहुमूल्य अवसर प्रदान गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande