
पूर्व मेदिनीपुर, 15 मार्च (हि. स.)। जिल्लामा आइतवार बिहान भएको एक सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भयो भने अर्को एकजना महिला गम्भीर रूपमा घाइते भइन्। घटना दिघा-नन्दकुमार राष्ट्रिय सड़कमा फतेपुर क्षेत्रमा भएको हो।
पुलिस सूत्र अनुसार मृतक महिलाको पहिचान गौरी जाना (34)- को रूपमा भएको छ।भनिन्छ, बिहान उनीहरू साइकलमा सवार भएर आफ्नो काममा गइरहेका थिए। यसै अवधि दिघा तर्फबाट आइरहेको द्रूत गतिको ट्रकले उनीहरूलाई ठक्कर दियो। यस भयानक ठक्करमा गौरी जानाको घटनास्थलमै मृत्यु भयो। यस घटनामा उनीसित साइकलमा सवार अर्की महिला पनि घाइते भइन् जसलाई स्थानीय मानिसहरूको सहयोगमा दिघा स्टेट जनरल अस्पतालमा भर्ती गरियो जहाँ तिनी उपचाराधिन छन्।
सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलााई कब्जाम लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो। दुर्घटनापछि राष्ट्रि राजमार्गमा लगभग एक घण्टासम्म यातायात बाधित भयो। पुलिसले स्थितिलाई नियन्त्रण गरी यातायातलाई सामान्य बनायो।
पुलिसले बतायो, ट्रक चालकको पहिचान र पक्राउउ गर्नको लागि वरिपरीको सीसीटीभीको फुटेज जाँच गरिँदैछ। यस सम्बन्धमा ‘अस्वाभाविक मृत्यु’- को मामला दर्त गरी अग्रिम जाँच शुरू गरिएको छ।
स्थानीय मानिसहरूको आरोप छ, यस मार्गमा वाहनहरू सदैव द्रूत गतिमा गुड़्ने गर्दछन् जसले गर्दा दुर्घटनाहरू भइरहन्छन्। उनीहरूले प्रशासनसित सड़कमा वाहनहरूको गतिलाई नियन्त्रण गर्नको लागि ठोस कदम उठाउने माग गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा