
खड़गपुर, 15 मार्च (हि. स.)। खड़गपुरको मालंचामा सुपर मार्केटस्थित एक ग्यास आपूर्ति केन्द्रमा कथित अनियमितता तथा ग्यास संकटलाई लिएर आइतवार खड़गपुर कंग्रेसले विरोध प्रदर्शन गऱ्यो। चुनावी परिवेशमा यस मुद्दालाई लिएर कंग्रेसले प्रशासन तथा सम्बन्धित एजेन्सीहरूविरूद्ध आवाज उठाउँदै यसलाई आम मानिसहरूको समस्यासित सम्बन्धित ठूलो मुद्दा बतायो।
आइतवार सम्बन्धित ग्यास एजेन्सीले दोकान बाहिर “सिलेण्डर आउट अफ स्टक”- को नोटिस टाँसेर केन्द्रलाई बन्द गऱ्यो। भनिन्छ, बिहानदेखिकै केही उपभोक्ताहरू ग्यास लिनका लागि भीड़मा बसेका थिए, त उनीहरूले सिलेण्डर पाएनन्।
शनिवार पश्चिम मेदिनीपुरका जिल्लाधिकारी विजिन कृष्ण औ पुलिस अधीक्षक पलाश चन्द्र ढालीले जिल्लाका विभिन्न ग्यास कम्पनीहरूका प्रतिनिधिहरू तथा डिस्ट्रीब्यूटर्ससित बैठक गरेका थिए।
सूत्र अनुसार बैठकमा डिस्ट्रीब्यूटर्सले जिल्लामा ग्यासको अभाव रहेको कुरालाई अस्वीकार गरेका थिए, तर मालंचा क्षेत्रको स्थिति योभन्दा भिन्नै देखिँदैछ। अन्ततः आइतवार बिहान लगभग 11 बजे खड़गपुर कंग्रेसले ग्यास एजेन्सी सामु विरोध प्रदर्शन गऱ्यो।
प्रदर्शन कार्यक्रममा यूथ कंग्रेसका जिल्लाध्यक्ष उज्ज्वल मुखर्जी, खड़गपुर सदर टाउन यूथ कंग्रेस अध्यक्ष अमित शर्मा, खड़गपुर नगरपालिकाकी पार्षद रीता शर्मा औ परोमिता घोष, आईएनटीयूसीका जिल्लाध्यक्ष कमल किशोर खन्ना, छात्र परिषद खड़गपुर टाउन अध्यक्ष राहुल कुमार सिंह सहित यूथ नेता सचिन कुमार र कौनिश साहा उपस्थित थिए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा