
कोलकाता, १६ मार्च (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालमा अवैध कल सेन्टरसँग सम्बन्धित प्रकरणमा फेरि ठूलो अभियान शुरु गरेको छ। जाँच एजेन्सीको टोलीले सोमबार बिहानदेखि राज्यका विभिन्न क्षेत्रमा छापामारी गरिरहेको छ।
प्राप्त जानकारीअनुसार ईडीका टोलीहरूले सिलगढी, हावड़ा, विधाननगर र दुर्गापुरसहित कुल १० स्थानमा तलाशी अभियान सञ्चालन गरिरहेका छन्। यो कारबाही अवैध कल सेन्टर सञ्जालसँग सम्बन्धित एक मुद्दाको अनुसन्धानका क्रममा गरिएको हो।
जस-जसका ठेगानामा तलाशी लिइँदैछ, तीमध्ये सुरश्री कर, सम्राट घोष, शुभजीत चक्रवर्ती लगायत अन्य व्यक्तिहरू रहेका छन्। सिलगढीको हाकिमपाड़ा क्षेत्रमा स्वपन घोषको घरमा पनि ईडी अधिकारीहरूले छापा मारेका छन्। जानकारी अनुसार, स्वपन घोष पेशाले सुन व्यवसायी हुन् र बिधान बजारमा उनको एक शोरूम पनि रहेको छ।
ईडी स्रोतका अनुसार, तलाशीका क्रममा धेरै महत्त्वपूर्ण कागजात र डिजिटल उपकरणहरूको जाँच भइरहेको छ। अधिकारीहरूले यसबाट अवैध कल सेन्टर सञ्जालको आर्थिक कारोबार र सञ्चालनसँग सम्बन्धित महत्त्वपूर्ण सुरागहरू प्राप्त हुन सक्ने आशंका व्यक्त गरेका छन्।
हाल ईडीको कारबाही जारी रहेको छ र यस प्रकरणमा आगामी दिनमा थप खुलासा हुन सक्ने अनुमान गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी