डा. प्रणव कुमार एडीपीसीको नयाँ पुलिस आयुक्त नियुक्त
डा. प्रणव कुमार एडीपीसीको नयाँ पुलिस आयुक्त नियुक्त


आसनसोल, 17 मार्च (हि.स.)। आसनसोल दुर्गापुर पुलिस आयुक्त (एडीपीसी) का नयाँ पुलिस आयुक्त डाक्टर प्रणव कुमारलाई नियुक्त्त गरिएको छ। डा. प्रणव कुमार 2003 ब्याचका आईपीएस अधिकारी हुन्।

पश्चिम बंगालमा विधानसभा चुनाउको मिति घोषणा हुनसाथ चुनाउ आयोगले पुलिस प्रशासनमा फेरबदल गरिरहेको छ। यसै क्रममा मंगलवार फेरि एक पटक केही आईपीएस अधिकारीहरूको स्थानान्तरणको अधिसूचना जारी गरियो। आसनसोल दुर्गापुर पुलिस कमिश्नरेटका पुलिस आयुक्त सुनिल कुमार चौधरीलाई पनि स्थानान्तरण गरिएकोछ। उनको स्थानमा डा. प्रणव कुमारलाई आसनसोल दुर्गापुर पुलिस कमिश्नरेटको नयाँ पुलिस आयुक्त बनाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande