असम विधानसभा चुनाउ-2026: एजेपीले जारी गऱ्यो पहिलो सूची, लुरिनज्योति गोगोईले खोवांगबाट चुनाउ लड़्ने
असम विधानसभा चुनाउ-2026: एजेपीले जारी गऱ्यो पहिलो सूची, लुरिनज्योति गोगोईले खोवांगबाट चुनाउ लड़्ने


गुवाहाटी, 17 मार्च (हि.स.)। असम विधानसभा चुनाउ 2026 लाई लिएर राजनीतिक हावा बाफिएको छ। तमाम राजनीतिक दलहरूले आ-आफ्ना उम्मीद्वारहरूको घोषणा गरिरहेका छन्। यसै क्रममा कंग्रेस गठबन्धनमा सामेल असम जातीय परिषद (एजेपी)-ले पनि मंगलवार आफ्ना उम्मेद्वारहरूको पहिलो सूची जारी गरेको छ। यसै सूचीमा पार्टी अध्यक्ष लुरिनज्योति गोगोईलाई खोवांग विधनसभा क्षेत्रबाट उम्मेद्वार बनाइएको छ।

सूचीमा सामेल उम्मेद्वारहरूमध्ये सबैभन्दा अधिक चर्चा बरहममपुर सीटबाट उम्मेद्वार राजेन गोहाईलाई लिएर भइरहेको छ। पूर्व केन्द्रिय मन्त्री तथा एक समयमा भाजपाका प्रभावशाली नेता रहिसकेका गोहाईको एजेपीबाट चुनाउ लड़्ने निर्णयले राजनीतिक जगतमा विशेष ध्यान केन्द्रित गरिरहेको छ।

वास्तवमा लोकसभा चुनाउमा टिकट नपाएपछि राजेन गोहाई भाजपादेखि रूष्ट भएका थिए। उनलाई राज्यसभामा पठाउने आशा थियो, तर यो सम्भव नभएपछि उनले पार्टीविरूद्ध विद्रोह गरे। अन्ततः उनी भाजपा छोड़ेर एजेपीमा सामेल भए।

पार्टी सूत्र अनुसार मध्य गुवाहाटी र सादिया सीटको लागि उम्मेद्वारहरूको नाम अहिले तय गरिएको छैन। यी सीटहरूको घोषणा दोस्रो चरणमा गरिनेछ। एजेपीको यस पहिलो सूची सार्वजनिक हुनसाथ राज्यमा चुनावी प्रतिस्पर्धाको तस्वीर स्पष्ट हुँदै गइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande