
कोलकाता, 17 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा) की राष्ट्रिय प्रवक्ता औ पूर्व आईपीएस अधिकारी भारती घोषले मंगलवार सल्ट लेकस्थित पार्टी कार्यालयमा प्रेस वार्ता आयोजना गरी राज्यको वर्तमान परिदृश्यमा कंग्रेस र मुख्यमन्त्री ममता ब्यनर्जीमाथि धारिलो हमला गरिन्।
घोषले आरोप लगाइन्, ममता ब्यनर्जीले भड़काऊ तथा समाजलाई विभाजन गर्ने बयान दिरहेकी छन्। उनले भनिन्, तृणमूल कंग्रेसका केही नेताहरूको टिप्पणीले बंगाली संस्कृति र परम्परालाई अपमान गर्छ।
उनले यो पनि दाबी गरिन्, राज्यमा कानून-व्यवस्थाको स्थिति बिग्रिएको छ र महिलाहरूको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ। घोषले आरोप लगाए, राज्य सरकारले यी मामिलाहरूलाई गम्भीर रूपमा लिरहेको छैन।
डीए (महँगी भत्ता) को मुद्दामा उनले भनिन्, राज्य सरकार कर्मचारीहरूलाई उनीहरूको बाँकी भत्ता दिनदेखि बच्नको लागि अदालतसम्म पुग्यो जबकि सुप्रीम कोर्टले कर्मचारीहरूको पक्षमा फसेला सुनाएको थियो।
घोषले यो पनि आरोप लगाए, राज्यमा भ्रष्टाचार बढ़ेको छ र उद्योगहरू पलायन भएकाले रोजगारको अवसर घटिरहेको छ। परिणामस्वरूप युवाहरू ठूलो संख्यामा रोजगारको लागि अन्यत्र पलान भइरहेका छन्।
चुनाउ आयोगको कारबाहीलाई समर्थन गर्दै उनले भनिन्, चुनाउ आयोगले संविधानको अनुच्छेद 324 अन्तर्गत निष्पक्ष औ स्वतन्त्र चुनाउ सुनिश्चित गर्नको लगि अधिकारीहरूलाई स्थानान्तरण गरेको हो।
उनले आरोप लगाइन्, केही अधिकारीहरूलाई चुनाउ प्रक्रियालाई प्रभावित पारेको तथा कानून-व्यवस्थालाई कायम राख्नमा विपल भएको कारणले अपदस्थ गरिएको हो। राज्यका मानिसहरू वर्तमान शासनदेखि सन्तुष्ट छैनन् र आगामी चुनाउमा परिवर्तन चाहन्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा