कर्तव्य, समर्पण तथा सेवाको सजीव रूप हो नारी शक्तिः रेखा गुप्ता
कर्तव्य, समर्पण तथा सेवाको सजीव रूप हो नारी शक्तिः रेखा गुप्ता


नयाँ दिल्ली, 17 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, कर्तव्य, निःस्वार्थ समर्पण एवं सेवा जस्ता मूल्यहरूबाट नै राष्ट्रको दिशा तय हुन्छ र यसको सजीव रूप हो हाम्रो नारी शक्ति। मुख्यमन्त्रीले मंगलवार यहाँको निर्मल छाया क्प्लेक्समा आयोजित ‘नारी उत्सव’- को अवसरमा भनिन्, आज मातृशक्तिको यस अदम्य संकल्प तथा ऊर्जाको साक्षी बन्ने अवसर प्राप्त भयो। भनले भनिन्, भारतको नारी शक्ति आज परिवर्तनको अग्रदूत भएको छ।

गाउँहरूका उद्यमहरूदेखि लिएर वैश्विक कर्पोरेटसम्म,जनसेवादेखि लिएर रक्षा बलसम्म, उनीहरूले ‘विकसित भारत- 2047’ को संकल्पलाई गतशील बनाइरहेका छन्। दिल्लीमा पनि हाम्रो प्रयास छ, हरेक दिदी-बहिनी तथा छोरीहरू आत्मविश्वास र आत्मनिर्भरताको साथमा अगाड़ि बढ़ुन्।

मुख्यमन्त्रीले भनिन्, आँगनवाड़ी क्रेच सेन्टर, सहेली पिंक कार्ड, लखपति बिटिया योजना, कोलैटरल-फ्री लोन तथा सुरक्षित कार्य वातावरण जस्ता कदमहरू पोषणदेखि प्रगतिसम्म, सुरक्षादेखि स्वाभिमानसम्मको व्यापक दृष्टिको अंग हो। उनले भनिन्, नारी शक्ति अगाड़ि बढ़्यो भने राष्ट्रले नयाँ उचाईँ हासिल गर्छ। यही नै विकसित भारत, विकसित दिल्लीको सबैभन्दा सशक्त आधार हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande