बंगाल विस चुनाउ 2026 : चुनाउ प्रक्रियासित सम्बन्धित अधिकारीहरूमाथि रहनेछ कड़ा निगरानी, दुई स्तरीय कन्ट्रोल रूम
बंगाल विस चुनाउ 2026 : चुनाउ प्रक्रियासित सम्बन्धित अधिकारीहरूमाथि रहनेछ कड़ा निगरानी, दुई स्तरीय कन्ट्रोल रूम


कोलकाता, 17 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई निष्पक्ष, स्वतन्त्र औ हिंसामुक्त सम्पन्न गराउनको लागि भारत निर्वाचन आयोगले यसपालि चुनावी अधिकारीहरूमाथि निगरानी राख्नको लागि बहुस्तरीय औ व्यापक व्यवस्था लागू गरेको छ। यस व्यवस्था अन्तर्गत बूथ स्तरका कर्मचारीहरूदेखि लिएर जिल्ला स्तरका अधिकारीहरूसम्म सबैको कार्यप्रणालीमाथि लगातार नजर राखिनेछ।

राज्यका मुख्य निर्वाचन अधिकारी कार्यालयको सूत्र अनुसार आगामी 23 अप्रेल र 29 अप्रेल गरी दुई चरणमा हुन गइरहेको मतदान अवधि चुनावी तन्त्रका गतिविधिहरूको वास्तविक समयमा निगरानी गरिनेछ। मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारले पहिला नै शान्तिपूर्ण चुनाउ सम्पन्न गराउने भरोसा दिलाइसकेका छन्।

निर्वाचन आयोगले यसको लागि दुई स्तरको कन्ट्रोल रूम प्रणाली बनाएको छ। जिल्ला स्तरमा जिल्लाधिकारी कार्यालयमा स्थापित कन्ट्रोल रूमले मतदान केन्द्र तथा बूथहरूको गतिविधिमाथि निगरानी राख्नेछ। यहाँ यो सुनिश्चित गरिनेछ कि रिटर्निंग अधिकारी र मतदान अधिकारीहरूले आयोगको दिशा-निर्देशलाई पूर्ण रूपमा पालन गरुन्।

यसरी नै राज्य स्तरमा कोलकातास्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा एक समन्वित कन्ट्रोल रूम बनाइएको छ। यो कन्ट्रोल रूमले जिज्लाको कार्यप्रणालीमाथि नजर राख्नको साथै मतदाता अनि राजनीतिक दलहरूबाट प्राप्त हुने सिकायतहरूको समाधान गर्ने स्थितिको समीक्षा गर्नेछ।

मतदानको दिन पर्यवेक्षकहरूको एक मजबुत नेटवर्क पनि सक्रिय रहनेछ। राज्यका सबै 294 वटा विधानसभा सीटमा अलग-अलग पर्यवेक्षकलाई तैनाथ गरिनेछ जसले मतदान प्रक्रियामाथि निगरानी राख्नेछन्। यस अतिरिक्त प्रत्येक जिल्लामा केन्द्रिय पर्यवेक्षकहरू नियुक्त गरिनेछ जसले जिल्ला कन्ट्रोल रूमबाट सम्पूर्ण स्थितिमाथि नजर राख्नएछ। सबैभन्दा माथिल्लो स्तरको निगरानी निर्वाचन आयोगद्वारा नियुक्त केन्द्रिय पर्यवेक्षकहरू र उनीहरूको टीमको हातमा रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande