उत्तर बंगालमा हुरी-बतासले धेरै वटा घरहरू क्षतिग्रस्त, बिजुली आपूर्ति बाधित
उत्तर बंगालमा हुरी-बतासले धेरै वटा घरहरू क्षतिग्रस्त, बिजुली आपूर्ति बाधित


सिलगढ़ी, 17 मार्च (हि.स.)। सिलगढ़ी, नक्सलबाड़ी औ फुलबाड़ी समेत उत्तर बंगालका धेरै वटा ठाउँमा गए सोमवार राति आएको हुरी-बतासले व्यापक क्षति पुऱ्याएको छ। क्षणभरमै हुरीले सकड़ौं रूखहरू ढालेको कारण धेरैवटा घरहरू क्षतिग्रस्त भएका छन् भने केही गाउँहरूमा बिजुली आपूर्ति समेत ठप्प भएको छ।

सिलगढ़ीको शक्तिगढ़ स्थित एउटा घरमा रूख ढलेर दुई जना मानिसहरू फसे जसलाई फायर ब्रिगेडले सुरक्षित बाहिर निकाल्यो। गान्धी मैदानमा पनि एउट रूख ढलेर दोकानलाई क्षति पुऱ्यायो, तथापि कुनै प्रकारको जनहानि भएन।

नक्सलबाड़ी, बेंगाइजोत, फुटानी मोड़ तथा रथखोलामा केही घरहरूलाई नोक्सान पुगेको छ भने फुलबाड़ी र राजगञ्जमा लगभग 25 घर प्रभावित भएको छ। कतिपय घरहरूको छानो उड़ेको छ भने कतिपय घरको भित्ता भत्किएको छ।

बिजुलीको खम्बा र तारहरू क्षतिग्रस्त भएको कारण केही क्षेत्रहरूमा अहिलेसम्म बिजुली सेवा बाधित भएको छ। प्रशासनद्वारा राहत तथा मरम्मत कार्य जाारी राखिएको छ। प्रभावित मानिसहरूले शीघ्र सहायताको माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande