सड़क दुर्घटनामा ओडिशाका युवकको मृत्यु
सड़क दुर्घटनामा ओडिशाका युवकको मृत्यु


पश्चिम मेदिनीपुर, 17 मार्च (हि. स.)। जिल्लाको बेलदा थाना क्षेत्रमा राष्ट्रिय सड़क- 16 मा मंगलवार सबेरै भएको एक सड़क दुर्घटनामा मोटरसाइकल सवार युवकको मृत्यु भयो भने उसितै सवार दोस्रो युवक गम्भीर रूपमा घाइते भए। मृतकको नाम शशांक शेखर महराना हो भने घाइते युवकको नाम अशोक प्रधान रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार गए सोमवार ओड़िशाको भुवनेश्वरबाट दुईजना युवकहरू मोटरसाइकलमा सवार भएर कोलकाता तर्फ प्रस्थन भएका थिए। मंगवार सबेरै बेलदा थानाको शिसुतला क्षेत्रसअथित राष्ट्रिय मार्ग-16 मा बाइक अनियन्त्रित भएर दुर्घटनाको शिकार भयो। स्थानीय मानिसहरूको प्रारम्भिक अनुमानमा निर्माण कार्यको कारणले सड़कमा बनाइएको डिभाइडरसित ठोक्किएर यो दुर्घटना भएको हो। दुवैलाई गम्भीर रूपमा तुरून्त बेलदा सुपर स्पेशियलिटी अस्पतामा भर्ती गरियो जहाँ चिकित्सकहरूले जाँच गरेपछि शसांकलाई मृत घोषित गरिदिए।

बताइए अनुसार दुवै युवक भुवनेश्वर निवासी हुन्। पुलिसले दुर्घटनास्थलबाट क्षतिग्रस्त मोटरसाइकललाई जफत गरेको छ अनि मृतकको परिवारलाई सूचना दिएको छ। शवलाई पोस्टमार्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande