
रायपुर, १८ मार्च (हि.स.)। छत्तीसगढ़को राजधानी रायपुरमा पचपेढी नाकास्थित रामकृष्ण केयर अस्पतालमा मङ्गलबार राति सेप्टिक ट्याङ्क सफा गर्दा एक घटनामा तीन सफाईकर्मीहरूको निसास्सिएर मृत्यु भयो। अस्पतालका निर्देशक डा. संदीप दावेले घटनालाई दुःखद बताए र भने, यी मजदुरहरू आउटसोर्सिङ एजेन्सीबाट काममा थिए। अस्पताल व्यवस्थापनले मृतकका परिवारलाई १५-१५ लाख रुपियाँ मुआवजा दिने र परिवारको एक सदस्यलाई नोकरी दिने आश्वासन दिएको छ। अर्कोतर्फ, घटनापछि अस्पताल परिसरमा ठूलो हंगामा मच्चियो र परिजनहरूले अस्पताल व्यवस्थापनमाथि गम्भीर लापरवाहीको आरोप लगाए। टिकरापारा र न्यु राजेन्द्र नगर प्रहरी चौकीका पुलिसहरू घटनास्थलमा तैनाथ छन्।
टिकरापारा पुलिस चौकी इन्चार्ज र एडीसीपी पश्चिम राहुल देव शर्माले घटनामा तीन मजदुरहरूको मृत्युको पुष्टि गरेका छन्। मृतकहरूको परिचय गोविन्द सेन्द्र (३५ वर्ष), अनमोल मचकन (२५ वर्ष) र प्रशान्त कुमार (२२ वर्ष) को रूपमा भएको छ, जो सिमरन सिटी क्षेत्रका बासिन्दा थिए। पुलिसले शवहरूलाई पोष्टमार्टमका लागि पठाएको छ। टिकरापारा पुलिसले बताएअनुसार, जांचपछि दोषीमाथि मुद्दा दर्ता गरिनेछ।
प्रारम्भिक जानकारीअनुसार, अस्पताल व्यवस्थापनले सेप्टिक ट्याङ्क सफा गर्न तीन युवाहरूलाई बोलाएको थियो। सफाई गर्दा ट्याङ्कभित्र रहेको विषाक्त ग्यासका कारण तीनै जना बेहोस भएर लडे। केही मिनेटमै अवस्था गम्भीर भयो र घटनास्थलमा सनसनी फैलियो। खबर पाएपछि उद्धार टोलीलाई बोलाइयो, जसले कठिन मेहनतपछि तीन जनालाई बाहिर निकालेर तुरुन्तै उपचारका लागि अस्पतालमा भर्ना गरियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भयो।
घटनापछि अस्पताल परिसर बाहिर ठूलो संख्यामा आएका परिजनहरूले अस्पताल व्यवस्थापनमाथि लापरवाहीको आरोप लगाउँदै चर्को हंगामा गरे। परिजनहरूको आरोप छ, मजदुरहरूलाई कुनै सुरक्षा उपकरणबिनै ट्याङ्कमा उतारिएको थियो। प्रारम्भिक जांचमा प्रत्यक्षदर्शीहरूले पनि भने, मजदुरहरूलाई कुनै सुरक्षा उपकरण वा मास्कबिनै ट्याङ्कमा उतारिएको थियो। ट्याङ्कभित्र अत्यधिक विषाक्त ग्यास भएकाले यो घटना भएको हो।
अस्पताल व्यवस्थापनले स्पष्ट पारेको छ कि यी मजदुरहरू बाहिरी कन्ट्र्याक्ट एजेन्सीबाट तैनात थिए। अस्पतालले सम्बन्धित कन्ट्र्याक्ट एजेन्सीलाई कारणबताओ नोटिस जारी गरेको छ र घटनाको आन्तरिक जाँच शुरु गरेको छ। सफाई ठेकेदार किशन सोनीले बताएअनुसार, उनी डोरी लिन गएका थिए, त्यही बेला मजदुरहरू बिना सुरक्षा ट्याङ्कीमा पसेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी