
नयाँ दिल्ली, 18 मार्च (हि.स.)। पाँच राज्य र केन्द्र शासित प्रदेशहरूमा विभिन्न चरणका चुनाउहरूको सहज र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न निर्वाचन आयोगले 25 लाखभन्दा बढ़ी निर्वाचन अधिकारीहरू खटाएको छ। यी चुनाउहरूमा योग्य मतदाताहरूको संख्या 17.4 करोड़भन्दा बढ़ी छ अर्थात् प्रत्येक 70 मतदाताका लागि लगभग एक निर्वाचन अधिकारी खटाइनेछ।
चुनाउ आयोग अनुसार, तैनाथ गरिएका कर्मीहरूमा लगभग 15 लाख मतदानकर्मी, 8.5 लाख सुरक्षा कर्मचारी, 40 हजार मतगणना कर्मी, 49 हजार सूक्ष्म-पर्यवेक्षक, 21 हजार क्षेत्रीय अधिकारी, मतगणनाका लागि 15 हजार सूक्ष्म-पर्यवेक्षक र अन्य अधिकारीहरू सामेल छन्।
आयोग अनुसार, 21 लाखभन्दा बढ़ी बीएलओ सहित धरातलीय स्तरको चुनाउ मशीनरी मतदाताहरूको लागि फोन कल र ईसीआईएनईट एपमा बीएलओहरूसँग कल बुक गर्ने सुविधा मार्फत उपलब्ध छ। डीईओ/आरओ स्तरमा कुनै पनि गुनासो/प्रश्न दर्ता गर्न कल सेन्टर नम्बर +91 (एसटीडी कोड) 1950 पनि उपलब्ध छ।
उल्लेख्य, प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले चुनाउ कार्यक्रमको घोषणा गर्दा निर्वाचन हिंसा र प्रलोभनबाट मुक्त होस् र प्रत्येक मतदाताले बिना कुनै डर वा पक्षपातको आफ्नो मतदान गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई पूर्ण निष्पक्षताका साथ काम गर्न निर्देश दिइएको छ।
यस अगाड़ी आम चुनाउ र उपचुनाउहरूमा आयोगको निगरानीको लागि 832 विधानसभा क्षेत्रहरूमा 1,111 केन्द्रिय पर्यवेक्षकहरूलाई तैनाथ गरिएको थियो। यसमा 557 सामान्य पर्यवेक्षक, 188 पुलिस पर्यवेक्षक र 366 व्यय पर्यवेक्षक सामेल छन्।
हिन्दुस्थान समाचार / भवानी थामी