
खरसाङ, 18 मार्च (हि.स.)। खरसाङका इसाई धर्मवालम्बी अनि नगरपालिका अधीनस्थ एसएजीएसडब्लुएमएसएसके अनि स्वास्थ्य कर्मीसँग आज स्थानीय मारवाडी भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज सभा सम्पन्न भयो। उक्त सभामा खरसाङ महकुमामा बसोबास गर्ने इसाई धर्मावलम्बीहरुकाे ग्रेभयार्डको समस्या समाधान हेतु गठित खरसाङ युनाइटेड क्रिश्चियन ग्रेभयार्ड कमिटीका सदस्यहरु उपस्थित थिए।
प्रथम चरणमा खरसाङको टाउन कमिटी हलमा भागोप्रमोका केन्द्रिय अध्यक्ष अनित थापाको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा पास्टर राजेन घहतराजले इसाई धर्मावलम्बीहरूले विगत 21 वर्षदेखि भोग्दै आएको ग्रेभयार्डको समस्याबारे जानकारी गराए। यसरी नै सभामा 15 वटा चर्चको पक्षबाट ग्रेभयार्डको माग गर्दै कमिटीका सदस्य सन्नी सापकोटाले माग पत्र पठन गरेर जीटीए प्रमुखलाई सुम्पिए।
जीटीए प्रमुख अनित थापाले भने, इसाईहरूको दाह संस्कारको व्यवस्था नगरपालिकाद्वारा पूर्व अध्यक्ष समीर दीप ब्लोनको कार्यकालमा गरिएको थियो, जुन अस्थायी रूपमा छ। तपाईहरुको समस्याको जानकारी पाएँ। चुनावी नियम अनुसार आचार संहिता लागू भए पश्चात कुनै पनि प्रकारको आश्वासन दिन आचार संहिताको उल्लंघन हुनेछ। तपाईहरूको समस्या एकदमै बुनियादी समस्या हाे।
दोस्रो चरणको सभा नगरपालिका अधीनस्थ स्वास्थ्य कर्मी, एसएसजीएसएसके अनि एसएडब्लुएमकाहरुलाई लिएर सयुंक्त रुपमा जीटीए प्रमुख अनित थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा जीटीए प्रमुख अनित थापाले विगतको समयबाट जागरूक भएर वर्तमानमा पहाड़का जनता स्वानिर्भर हुँदै गएकोमा खुशी व्यक्त गरे। उनले सभामा जति पनि प्राप्त भएका समस्याहरुको समाधानको निम्ति नगरपालिकाका अधिकारीहरुसँग बसेर पहल गरिदिने आश्वासन दिए।
हिन्दुस्थान समाचार / हनोक